» » मन्त्री मण्डलको भनाई प्रति भारतको आक्रोश

काठमाडौं ,कात्तिक १८ गते  । काठमाडौंस्थित भारतीय दूतावासले विनाविभागीय मन्त्री सत्यनारायण मण्डललाई सम्बोधन गर्दै भारतविरोधी अभिव्यक्ति नदिन चेतावनी दिएको छ । मन्त्री मण्डलले सोमबार विराटनगरमा प्रेस चौतारीद्वारा आयोजित कार्यक्रममा भारतले नेपालमा औपनिवेशिक शैलीको हस्तक्षेप गरेको र विनाबर्दीका सैनिक पठाउन लागेको अभिव्यक्ति दिएका थिए ।
त्यसबारे मंगलबार भारतीय दूतावासले वक्तव्य जारी गरी मन्त्री मण्डलको अभिव्यक्तिको भत्र्सना गरेको छ । ‘दूतावास यस्ता धारणाको जोडदार भत्र्सना गर्छ, साथै सम्पूर्ण जिम्मेवार व्यक्तिलाई नेपाल र भारतबीचको वर्षाैं पुरानो सम्बन्धमा खलल पार्ने कुनै पनि काम नगर्न तथा अभिव्यक्ति नदिन अनुरोध गर्छ,’ मण्डललाई लक्षित गर्दै दूतावासको विज्ञप्तिमा उल्लेख छ । दूतावासले मण्डलबाहेक अरू क–कसलाई सम्बोधन गर्न खोजेको हो, विज्ञप्ति स्पष्ट छैन । मण्डल एमाले स्थायी कमिटी सदस्यसमेत हुन् । भारतीय दूतावासले मन्त्री मण्डलको टिप्पणी गर्ने ‘नियत’का विषयमा समेत टिप्पणी गरेको छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..