» » गच्छदारले भने, हामीले कुनै मुद्दा छाडेका छैनौ

काठमाडौ कात्तिक २० गते । मधेशी जनअधिकार फोरम लोकतान्त्रिक पार्टीका अध्यक्ष एवं उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायाता मन्त्री विजयकुमार गच्छदारले आफ्नो पार्टी तीन मोर्चाबाट आन्दोलन गरिरहेको दावी गरेको छ ।
उनले सरकार, सदन, सडक तीन ठाउँमा आफ्नो दलको संघर्ष चलिरहेको उल्लेख गर्दै आफूले तराई मधेश र थरुहटको कुनै पनि मुद्दा पनि नछाडेको बताए ।
मधेशी विद्यार्थी फोरम लोकतान्त्रिकको सातौ वार्षीक उत्सवको उपलक्ष्यमा आज आयोजित बृहत रक्तदान कार्यक्रममा बोल्दै अध्यक्ष गच्छदारले मधेश आन्दोलनमा आफ्ना दलका नेता तथा कार्यकर्ताहरु घाइते भएका छन् रौतहतमा आफ्नै पार्टीका राजकिशोर ठाकुरको मृत्यु भएको बताए ।
सरकारमा गएपछि विभिन्न जिल्लाका नेता तथा कार्यकर्ताहरुले तपाईको पार्टी छाडेको पत्रकारको जिज्ञासामा उनले पार्टीमा आउने जाने भइरहन्छन् यसमा धेरै चिन्ता गर्न नहुने बताए ।
उनले तराई मधेशमा देखिएको समस्या समाधान गर्न सरकार गम्भीर रहेको बताए । मधेशको समस्या समाधान गर्न सरकार गृहकार्यमा रहेको र चाँडै समाधान हुने बताउँदै उनले सरकारी वार्ता टोलीका संयोजक रहनु भएका उपप्रधानमन्त्री कमल थापा जेनेभाबाट आउने वित्तिकै वार्ता प्रकृया अगाडि बढ्ने बताए ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएपछि आन्दोलनकारीसँगको वार्ता सकारात्मक रुपमा अगाडि बढी रहेको बताउँदै उनले वीरगञ्जको घटनाले केही अविश्वासको वातावरण बनाएको बताए । आन्दोलनकारी दलले राखेको शर्त लगभग पूरा भइसकेको बताउँदै उहाँले राजनीतिक विषयमा प्रवेश भएको छ, कात्तिक १५ गते सिमांकनको विषय प्रवेश भयो र कुरा सकारात्मक पनि भएको बताए ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..