» » चिनीले भरिएको ट्रकमा आगजानी, प्रहरी र आन्दोलनकारीवीच दोहोरो भिडन्त

 

बारा, कार्र्तिक २८ गते । बाराको प्रसौनीमा शुक्रबार साझ संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र प्रहरी बीच दोहोरो झडप भएको छ । आन्दोलनकारीलाई नियन्त्रणमा लिनका लागि प्रहरीले सात राउण्ड हवाई फायर समेत गरेको छ । झडपमा परी केही आन्दोलनकारी घाईते समेत भएका छन्

रिलायन्स सुगर मिल्स प्रालि मनहर्वा–५ श्रीपुर स्थित चिनि उधोगको प्रसौनिमा रहेको गोदामबाट चार ट्रक चिनि लोड गरी काठमाडौं लगिदै गर्दा आन्दोलनकारीले अवरोध गरेपछि प्रहरीसंग प्रसौनिको गण्डकमा दोहोरो झडप भएको छ ।

मधेशी मोर्चाद्धारा जारी आन्दोलनको अवज्ञा गरेको भन्दै आन्दोलनकारीले चिनी लोड गरिएको चार वटा ट्रकमा तोडफोड गर्नुका साथै आगलगी समेत गरेका छन् । आन्दोलनकारी मधेशी मोर्चाका कार्यकर्ताले ट्रकमा तोडफोड र आगजनी गरेपछि करोडौको क्षति भएको उधोगका प्रबन्धक राजेश पाण्डेले बताए ।

आगजनी र तोडफोडबाट ट्रकलाई जोगाउँने क्रममा सात राउण्ड हवाई फायर गर्नुपरेको बारा प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरिक्षक बिनोद शर्माले बताए । ना. ४ ख. ६२२४, ना.४ ख. ३५८४, ना.४ ख. ११६८ र ना. ४ ख. ३१९५ नम्बरको ट्रकमा चिनी लोड गरी काठमाडौं लगिदै गरिएको प्रहरीले जनाएको छ ।

उधोगका प्रबन्धक पाण्डेका अनुसार चार वटै ट्रकमा ५० टन चिनी लोड गरिएको थियो । आन्दोलनकारीले दुई ५० बोरा चिनी लुटेको प्रहरी नायब उपरिक्षक शर्माले बताए । यस अघि पनि आन्दोलनकारीले रिलायन्स उधोगको चिनी लोड गरिएको ट्रकमा आगजनी गरेका थिए ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..