» » सरिता गिरीले उपेन्द्रलाई प्रहार गर्नुको कारण यस्तो पो रहेछ

अंगिकृत नागरिकताधारी सरिता गिरी यतिखेर विक्षिप्त बनेकी छिन् । राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, मुख्यमन्त्री जस्ता पदमा वंशज नागरिकताधारी मात्र जान पाउने प्रावधान सविधानको धारा २८९ को (१) मा ल्याएपछि सरिता गिरी विक्षिप्त बनेकी छिन् । राजनीतिकमा प्रवेश गरेदेखि नै नागरिकताका मुद्दालाई मुख्य मुद्दा बनाएर अघि बढेकी सरिता गिरीकै विपक्षमा सविधान आएपछि अक्क नमक्क भएकी छिन् ।
आफ्ना विदेशी छोरी ज्वाईलाई नागरिकता दिलाउनका लागि लड्दै आइरहेकी सरिता गिरी अनिल झा अध्यक्ष रहेको संघीय सद्भावना पार्टीसँग एकीकरण गरेकी थिइन् । सर्वोच्च अदालतबाट गजेन्द्र नारायण सिहले स्थापना गरेका नेपाल सद्भावना पार्टी पञ्जा छापसहित हात पारेपछि उनको खुशीको सिमा थिएन र केही दिन नबित्दै अनिल झासँग एकीकरण गरिन् । एकीकरणपछि पनि एकीकृत पार्टीको नाम नेपाल सद्भावना पार्टी नै रह्यो । पार्टी एकीकरणपछि केही दिन सरिता गिरी खुब सक्रिय भएर काम गरेकी थिइन् ।
जब सविधानको मस्यौदा आयो अनि उनी एका एक निस्कृय भइन् । निस्कृयताको कारण खोज्दै जाँदा अंगिकृत नागरिकका लागि सविधानले जे व्यवस्था गर्दैछन् त्यसबाट उनी असन्तुष्ट थिइन् । र, त्यो असन्तुष्टिमा पार्टीका अध्यक्ष अनिल झाले समेत साथ दिएन । यहाँसम्म कि एकीकरण अघि कार्यगत एकता गरेका जयप्रकाश गुप्ताले पनि त्यसमा साथ दिएन । मातृका यादव र उपेन्द्र यादवले साथ दिने कुरै भएन । अंगिकृत नागरिकताको सो प्रावधानलाई विरोध गर्नेमा माहौल बनाउन उनी निकै दिनसम्म मधेशमा बसिन् । त्यहाँका थुप्रै नेताहरुलाई उनले भेटिन् । कन्भिन्स गर्ने प्रयास पनि गरिन् तर कसैले साथ दिएन । अरुले त साथ दिएन दिएन आफ्नै पार्टीका अध्यक्ष अनिल झाले समेत साथ नदिएपछि उनी बाध्य भएर पार्टी नै छाडिन् ।
आखिर अब राजनीतिक गरेर पनि के गर्नु । राजनीतिकमा यत्रो लगानी लगाएर पनि भोली गएर नागरिकताका कारण केही बन्न सकिएन भने राजनीतिक गरेको के काम भन्दै उनी पार्टी नै छाडिन् । अंगिकृत नागरिकताधारीले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रदेश प्रमुख, मुख्यमन्त्री, प्रदेशसभाको सभाक सभामुख, सुरक्षा निकायका प्रमुखको पदमा निर्वाचित, मनोनीत वा नियुक्ति हुन नपाउने पक्षमा उपेन्द्र यादव पनि  देखिएका छन् र त्यही भएर सरिता गिरीले आफ्नो फेसबुकमार्फत उनको विरोध गरेकी छिन् ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..