» » सरकार र मधेशी मोर्चाको वार्ता सकारात्मक, सिमांकनलाई संबैधानिक प्रक्रियावाट समाधान गर्ने प्रतिवद्धता



काठमाडौं, १५ कात्तिक । सरकारी वार्ता टोली र मधेसी मोर्चाको वार्ता टोलीबीच तीनकुनेस्थित संघीय समाजवादी फोरमको कार्यालयमा आज भएको वार्ता मूख्य मुदा सिमांकनको विषयमा अडकेपछि विना निष्कर्ष टुङ्गिएको छ ।

दुुईपक्षिय वार्तामा सरकारी टोलीले मोर्चाको माग पुरा गर्ने प्रतिबद्धता जनाएको छ । वार्ता टोलीका संयोजक एवं उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले मधेसी मोर्चाको मूख्य माग सीमाकंन टुङ्गयाउन सरकारले दुई प्रतिबद्धता जनाएको जानकारी दिनुभयो ।
सरकारका तर्फबाट माग पुरा गर्ने प्रतिबद्धता आएपनि मधेसी मोर्चाले आन्दोलन फिर्ता नलिने जनाएको छ । मोर्चा वार्ता टोलीका सदस्य लालबाबु राउतले आजको वार्ता सकारात्मक भएको र सरकारबाट मोर्चाका मागहरु स्वीकार गरी प्रतिबद्धता जनाएको बताउनुभयो । तर, मोर्चाका मागहरुलाई राजनीतिक संवैधानिक रुपमा नगरेसम्म आन्दोलन फिर्ता नहुने उहाँको भनाई छ ।
वार्तामा सरकारी टोलीले मधेसी मोर्चाको माग सम्बोधन गर्न संविधान संशोधन आवश्यक पर्ने तर, त्यसका लागि वार्ता टोलीमा भएका दलहरुले मात्र नहुने भन्दै अन्य दलहरुसँग छलफलका लागि केही समय समय मागेको छ ।
तामसपाका नेता रामनरेश राय यादवले केही दिनको गृहकार्यपछि वार्तामा बस्ने समझदारी भएको बताए । उनले भने ‘सीमाकंनसहितको मागप्रति सरकार सकारात्मक देखिएको छ । हाम्रो माग सम्बोधनका लागि संविधान संशोधन गर्नुपछ र यसका लागि कांग्रेस पनि तयार हुनुपर्छ ।’

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..