» » छोराछोरीसहित पाँच जना घर निकाला

धादिङ कात्तिक ३ गते । नलाङ गाविस–३ झगरेकी ३२ वर्षीया महिला र उनका चार सन्तानलाई उनका पतिले कात्तिक १ गते राति घर निकाला गरेपछि उनीहरु बिचल्लीमा परेका छन् ।

पीडित पत्नीले आफ्नी १५ वर्षीया एक छोरीलाई पटक पटक बलात्कारको प्रयास समेत गरेकाले घरमा बस्न नसक्ने अवस्था आएपछि सन्तानको सुरक्षाका लागि घर छाडेको बताउनुभयो ।

पतिले तीन छोरी र दुई वर्षीय एक छोरालाई आइतबार राति कुटपिट गर्दै घर निकाला गरेका थिए । छिमेकीका घरबाट दुई वर्षीय छोरालाई दूध ल्याएर खुवाउन ढिला गरेको भन्दै कपाल समातेर भुत्लाउँदै मुड्कीले छातीमा हानेर कुटपिट गरेको पीडितले नलाङ प्रहरी चौकीमा सोमबार जाहेरी दिएकी थिइन् ।

घटनापछि सहयात्री समाजले सञ्चालन गरेको नलाङस्थित स्नेह केन्द्रमा पुगेकी पत्नीलाई पीडकले सोही स्थानमा आएर मानसिक रुपमा समेत कुटपिट गर्ने र सन्तानलाई अपशब्द बोली गाली गरेका थिए ।

अभियुक्तले यसअघि पनि पत्नीलाई कुटपिट गरेका थिए । उनकी पत्नी चोटपटक लिएर स्नेह केन्द्रमा आएको र उपचार गरी घर पठाइएको जानकारी दिँदै स्नेह केन्द्रका इन्चार्ज इन्दिरा रेग्मीले पारिवारिक पुनर्मिलन गराएर घर निकालिएकाहरुलाई घर पठाउने योजना रहेको जानकारी दिनुभयो ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..