» » खूल्यो EDV आवेदन दर्ता फार्म

काठमाडौं,असोज  १४ गते । संयुत्तः राज्य अमेरिकाको अमेरिकी सरकारको डाइभर्सिटी भिसा (डिभी) कार्यक्रमका लागि आज (बिहीबार)देखि खुल्ने भएको छ ।
प्रत्येक वर्ष अक्टुवर महिनाको फस्र्ट तारिख देखी सुरु भई एकमहिना सम्म आवेदन दिन पाइन डिभी चिट्ठा असोज १४ गतेदेखि आवेदन खुला हुने अमेरिकी दुतावासले जनाएको छ ।
कुनै शुल्क नलाग्ने गरि कात्तिक १७ गतेसम्म आवेदन भर्न पाइने छ । २०१७ को डाइभर्सिटी भिसा चिट्ठाका लागि आवेदन अनलाइनमार्फत दर्ता अवधि भित्र पेश गर्नुपर्नेछ ।  दर्ता गरिसकेपछि आफ्नो कन्फर्मेसन नम्बरलाई सेभ र प्रिन्ट गर्नु पर्नेछ ।

आफ्नो कन्फर्मेसन नम्बर कसैलाई पनि सेयर नगर्न अमेरिकी दूताबासले आग्रह गरेको छ । आवेदन दर्ता गर्दा आवेदकहरूले आफ्नो इमेल ठेगाना अनिवार्य राख्नु पर्नेछ । तर छनोट भएका व्यक्तिहरूलाई उनीहरू छानिएका छन् भन्ने व्यहोराको इमेलमार्फत् सूचित गरिने छैन ।

आवेदकले प्लस टु उत्तिर्ण गरेको हुनुपर्नेछ । चिठ्ठा परेपछि भिसाका लागि अन्तर्वार्ता दिने मौका पाएमा कन्सुलर अफिसरले योग्यता पूर्ण छ वा छैन परीक्षण गर्नेछ । त्यसपछि अमेरिकी आप्रवासी कानुनबमोजिम डिभीका लागि योग्य रहे नरहेको हेरेरमात्र निर्णय लिनेछन् । 

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..