» » मधेशीमोर्चाको कार्यकर्ताद्धारा सवारी साधनमा ठाँउ–ठाँउमा आगजानी

सर्लाही, कातिक १३ गते । सर्लाहीको गौरीशंकरमा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका कार्यकर्ताहरुले शुक्रवार एका–विहान टयाक्टरमा आगजनी गरेको छ । आज विहान ३ बजेको समयमा गौरीशंकर ९ श्रीनगर र सागरनाथ जंगलको वीचमा रहेको स्थानमा मधेशी मोर्चाका कार्यकर्ताहरुले ज १ त ६१८५ नम्बरको टयाक्टरमा आगजनी गरेको हो ।
सीमावर्ती भारतीय बजारबाट ल्याएर सर्लाहीको लालबन्दीतर्फ सो टयाक्टरमा ४ वटा ड्राममा डिजेल लैजादै गरेको अवस्थामा मोर्चाका कार्यकर्ताहरुले नियन्त्रणमा लिएर आगजनी गरिएको मोर्चाका कार्यकर्ता उपेन्द्र सिंह कुशवाहाले जानकारी दिनुभयो । आगजनीबाट टयाक्टर आशिंक रुपमा जलेको हो । अनिश्चिकालिन आमहडतालको समयमा भारतीय बजारबाट पेटोलियम पदार्थको तस्करीमा बृद्धि भएको भन्दै त्यस्ता पेटोलियम पदार्थहरु नष्ट गरिएको मोर्चाका कार्यकर्ताहरुले जनाएको छ ।

त्यस्तै, महोत्तरीको सोनमामा मधेशी मोर्चाका कार्यकर्ताहरुले एउटा मोटरसाईकलमा आगजनी गरिएको छ । मोटरसाईकलमा लोड गरि गौशाला बजारतर्फ ल्याउदै गरेको अवस्थामा नम्बर स्पष्ट हुन नसकेका प्लाटिना मोटरसाईकलमा आगजनी गरेको हो ।
रातीको समयमा सो मोटरसाईकलमा ३ सय लिटर पेटोलियम पदार्थ भारतीय बजारबाट ल्याृउदै गरेको अवस्थामा मधेशी मोर्चाका कार्यकर्ताहरुले सोनमा बजारमा आगजनी गरिएको स्थानिय मोर्चाका कार्यकर्ता अमित यादवले जानकारी दिनुभयो । 

मोटरसाईकलको आशिंक भाग जलेकोले नम्बर स्पष्ट हुन नसकेको ईलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ । सवारीसाधनमा आगजनी गर्ने कार्यमा संलग्नको खोजी कार्य भईरहेको प्रहरी निरीक्षक मच्छिन्द्रबाबु केसीले जानकारी दिनुभयो ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..