» » आइतवार नयाँ प्रधानमन्त्री आउने पक्का, को बन्दैछ प्रधानमन्त्री ?


काठमाडौँ, असोज २२ गते । राष्ट्रपति डा रामवरण यादवले व्यवस्थापिका संसदको तत्काल कायम रहेका सम्पूर्ण सदस्य सङ्ख्याको बहुमतका आधारमा प्रधानमन्त्रीको निर्वाचन सम्पन्न गर्ने प्रक्रिया अगाडि बढाउन आह्वान गरेपछि आइतवार नयाँ प्रधानमन्त्री चयन हुने बाटो खुलेको छ ।

राष्ट्रपति कार्यालयद्वारा आज जारी विज्ञप्तिमा २०७२ साल असोज १५ गते शुक्रबारको समयावधि भित्रमा राजनीतिक सहमतिको आधारमा प्रधानमन्त्रीको निर्वाचन सम्पन्न हुन नसकेकाले नेपालको संविधानको धारा २९८ को उपधारा ९३० बमोजिम सो प्रक्रिया अगाडि बढाउन भनिएको छ ।
राष्ट्रपति डा यादवले नेपालको संविधानको धारा, २९८ को उपधारा ९२० बमोजिम व्यवस्थापिका–संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुको सहमतिका आधारमा सात दिनभित्र प्रधानमन्त्रीको निर्वाचन सम्पन्न गरी निजको अध्यक्षतामा मन्त्रिपरिषद्को गठन गर्नको लागि संसदमा प्रतिनिधत्व गर्ने राजनीतिक दलहरुलाई आह्वान गर्नुभएको थियो ।यसैबीच सभामुख सुवासाचन्द्र नेम्वाङ्ले राजनीतिक सहमतिका आधारमा नयाँ प्रधानमन्त्री चयन हुन नसकेकाले आजबाट बहुमतका आधारमा प्रधानमन्त्री चयनको प्रक्रिया प्रारम्भ हुने बताउनुभएको छ ।

नेपाल पत्रकार महासङ्घ र शिक्षा विभागले सञ्चालन गरेको शिक्षा पत्रकारिता पुरस्कार, २०७१ वितरण कार्यक्रमलाई आज यहाँ सम्बोधन गर्दै उहाँले नयाँ संविधानमा भएको व्यवस्थाबमोजिम सहमतिका प्रधानमन्त्रीका लागि राष्ट्रपतिले दिनुभएको सात दिनको समय सकिएको र अवधि थपिने व्यवस्था नभएकाले संविधान, नियम र स्थापित अभ्यास अनुसार संसद्को बैठकले प्रधानमन्त्री चयनको प्रक्रिया प्रारम्भ हुने छ भन्नभयो ।

सभामुख नेम्वाङले सम्भवतः आउँदो आइतबार मुलुकले नयाँ प्रधानमन्त्री पाउने गरी निर्वाचनका कार्यक्रम आउने जानकारी दिनुभयो । उहाँले संविधान जारी भएपछिको अवस्थामा सबै दल र जातजाति सुमधुर एकताका साथ अघि बढेर सकेसम्म सहमतिको सरकार बन्न सकेमा राम्रो हुने विश्वास पनि व्यक्त गर्नुभयो ।

सभामुख नेम्वाङले जनताका प्रतिनिधि संस्थाबाट लोकतान्त्रिक प्रक्रियाबाट संविधान ल्याएको र यो संविधान जनसहभागितामूलक, समावेशी र अद्वितीयसमेत भएको जिकिर गर्नुभयो ।
उहाँले ६०१ मध्ये जम्मा ६० जना मात्र सभासद्ले संविधानको मतदानका भाग नलिएको सन्दर्भमा यसलाई विधिसम्मत मान्न कुनै कन्जुस्याइँ गर्न नहुने तर्क गर्नुभयो ।
प्रधानमन्त्री बन्नका लागि एमालेका अध्यक्ष केपी शर्मा ओली केही दिनदेखि व्यस्त रहेका छन् । आजबाट पक्रिया शुरु भएपछि ओली निवासमा आज विहानैदेखि नेताहरुको लर्को लागेको थियो । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले आफ्नो नेतृत्वमा नयाँ सरकार गठनका बारेमा विभिन्न दलका नेतासित आज भेटवार्ता गरिरहनुभएको छ ।

ओली निवास बालकोटमा भएको सो भेटवार्तामा एमालेका तर्फबाट अध्यक्ष ओली, नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल, अग्नि खरेल तथा नेकपा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव कृष्णबहादुर महरा, नेता गिरिराजमणि पोखरेल, शक्ति बस्नेतका सहभागी हुनुहुन्छ ।

यस अधि अध्यक्ष ओली र नेकपा मालेका अध्यक्ष सिपी मैनाली, जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसीलगायतका नेताबीच भेटवार्ता भएको थियो ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..