» » दुर्घटनामा एकको ज्यान गयो


उर्मिला यादव
नवलपरासी असोज २३ गते । पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको बर्दघाटमा भएको दुर्घटनामा एक जनाको ज्यान गएको छ ।
बर्दघाट–२ चिसापानीमा आज बिहान रोकिराखेको लु १ त ७४०२ ट्रयाक्टरमा अनटेस्ट लेखिएको स्कुटर ठोक्किँदा स्कुटरको पछाडि रहेका दुम्किबासका २० वर्षका अमृत गुरुङको ज्यान गएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका गुरुङको उपचारको  क्रममा चितवन मेडिकल कलेज भरतपुरमा ज्यान गएको हो । दुर्घटनामा परी स्कुटर  चालक दुम्किबासका १९ वर्षका अंगज गुरुङ गम्भीर घाइते भएका छन् । अंगजको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भैरहेको  प्रहरीले जनाएको  छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..