» » तराईमा बलात्कारको घटना बढ्दै, एक आरोपी प्रक्राउ

गौशाला, ११ कात्तिक । महोत्तरीको बर्दिबासमा बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बर्दिबास नगरपालिका–१ बस्ने ३५ वर्षीय पदमबहादुर कार्की रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कार्कीले ओखलढुङ्गा फुलवाडी गाविस–९ घर भई हाल बर्दिबासको एक होटलमा काम गर्दै आएकी १५ वर्षीया बालिकालाई बलात्कार गरेको प्रहरी नायब उपरीक्षक विनोद सिलवालले बताउनुभयो ।

बालिकालाई मङ्गलबार साँझ बर्दिबास–१ स्थित साझा संस्थानको खाली जग्गामा जबर्जस्ती लगी बलात्कार गरेको थियो । बलात्कारको आरोपमा पक्राउ परेका कार्कीलाई प्रहरीले हिरासतमा राखी अनुसन्धान अगाडि बढाइसकेको जनाएको छ ।

त्यस्तै, बलात्कारको आरोपमा इलाम दानाबारी–९ का एक युवकलाई प्रहरीले मङ्गलबार पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ३१ वर्षीय रामकुमार राई रहेका छन् । सोही गाउँकी २६ वर्षीया युवतीलाई बलात्कार गरेर फरार रहेका राईलाई लुकिछिपी बसेको अवस्थामा प्रहरीले गाउँबाटै पक्राउ गरेको हो ।

पक्राउ परेका राईलाई अहिले हिरासतमा राखेर अनुसन्धान भइरहेकोे जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक पदम थपलियाले बताउनुभयो । रासस

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..