» » सप्तमी बजारमा हावावाट विजुली निकालिने

पाँचथर, असोज २९ गते । जिल्लाको दक्षिणी गाविस सराङडाँडा– ८ सप्तमी बजारका स्थानीयवासीलाई लक्षित गरी हावाबाट बिजुली उत्पादन गर्न लागिएको छ ।
वैकल्पिक ऊर्जा विकास केन्द्रको लागतमा हावा मिल (विन मिल) निर्माण गर्न लागिएको सौर्य ऊर्जा उपभोक्ता समितिका अध्यक्ष सन्तोष शेर्माले जानकारी दिनुभयो । उहाँका अनुसार चार महिनाअघि परीक्षणका लागि त्यहाँ टावर जडान गरिएको छ, यो परीक्षण छ महिनासम्म गर्नुपर्छ ।
अनुमानित रु २५ लाख लागत लाग्ने सो आयोजनाबाट आठदेखि १० किलोवाटसम्म बिजुली उत्पादन गर्न सकिने छ । आयोजना सफल भएमा सप्तमी बजारका एक सयभन्दा बढी घरधुरी लाभान्वित हुने अध्यक्ष शेर्माले बताउनुभयो ।
यो स्थानमा सबैभन्दा बढी हावा चल्ने भएकाले अहिले हावाको मापन गर्न टावर निर्माण गरी हावाको परीक्षण गरिरहेको समितिले जनाएको छ । पूर्वेलीन्यूज

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..