» » भारतविरुद्ध प्रचण्डलाई यसरी उचाले बिजुक्छे


काठमाडौ कात्तिक ३ गते । एनेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल र नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेबीच आज भेटवार्ता भएको छ ।

बिजुक्छे निवास कमलविनायकमा आज एक घण्टासम्म भएको भेटमा भारतले गरेको अघोषित नाकाबन्दीका कारण देशमा उत्पन्न असहज परिस्थितिलाई सहज बनाउनेतर्फ दुई नेताबीच छलफल भएको थियो ।

भेटमा अध्यक्ष बिजुक्छेले पेट्रोलियम पदार्थलगायत आवश्यक वस्तुहरूमा भारतमा मात्र निर्भर नभएर अन्य देशहरूबाट समेत ल्याउन विकल्प खोज्नुपर्ने सुझाब दिनुभएको थियो ।

पेट्रोलको विकल्पमा विद्युतीय गाडी र मोटरसाइकल आयाततर्फ ध्यान दिनुपर्ने सुझाब दिँदै उहाँले विकल्पमा चीनलगायत अन्य देशसँग तत्काल प्रस्ताव गरेर अगाडि बढ्नुपर्ने उहाँले सुझाव दिनुभएको नेमकिपाका सचिव सुनिल प्रजापतिले जानकारी दिनुभयो ।

एमाओवादीका अध्यक्ष प्रचण्डले आफ्नो पार्टीले विगतमा भन्दा भिन्नै तरिकाले सरकार सञ्चालन गर्ने बताउनुभएको सचिव प्रजापतिले जानकारी दिनुभयो । मुलुकलाई आत्मनिर्भर बनाउनेतर्फ आफ्नो दलको ध्यान गएको अध्यक्ष दाहालले भेटमा बताउनुभएको थियो ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..