» » रिहा भएका सोनल यसरी बने महामन्त्री (पार्टी कार्यालयमा सोनललाई सम्मान)


काठमाडौ असोज १८ गते । आन्दोलनको क्रममा समातिएर १८ दिनपछि रिहा भएका सहमहामन्त्री जितेन्द्र सोनलको स्वागतमा आज उहाँको पार्टी तराई मधेश लोकतान्त्रिक पार्टीले एक कार्यक्रम आयोजना गरिएको थियो ।

पार्टी कार्यालयमा ओयोजित कार्यक्रममा उहाँले पार्टीका अध्यक्ष महन्थ ठाकुरले नेता सोनललाई अबिर र माला लगाएर स्वागत गर्नुभएको थियो । पार्टी तथा आन्दोलनमा देखिएको सक्रियताका कारण पार्टीले उहाँलाई महामन्त्री बनाएको छ । कार्यक्रममा सोनलको कार्यलाई पार्टीको अन्य पदाधिकारी तथा कार्यकर्ताले प्रशंसा गरेका थिए ।

भदौ २९ गते शान्तिपूर्ण आन्दोलनमा हिडेको बेलामा उहाँलाई प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेका उहाँले केही दिन प्रहरी चौकीमा थुनामा राखेका थिए ।
 त्यसबेला प्रहरीले उहाँमाथि निकै ज्यादती गरेका थिए । मानसिक दवाव दिइरहेका थिए । कसैसँग भेटघाट समेत गर्न दिइरहेका थिएन । त्यसपछि उहाँलाई एसपी कार्यालय लगेका थिए । एसपी कार्यालयमा केही दिन राखेपछि छाड्नका लागि उहाँसँग धरौती माग गरेका थिए तर नेता सोनलले धरौती दिन नमानेपछि उहाँलाई जेल पठाएको थियो ।

न्यायाधीश भोजराज शर्माको इजलासबाट बन्दी प्रत्यक्षीकरणको आदेश जारी भएपछि उनीहरु रिहा भएका हुन् ।

अधिकार क्षेत्र नाघेर प्रमुख जिल्ला अधिकारीले सार्वजनिक अपराधअन्तर्गत मुद्दा चलाएर कारागार पठाएको विरुद्धमा जिल्लाका बार एसोसिएसनका अध्यक्ष रामचन्द्र सिंहसहितका अधिवक्ताहरुले बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए । तीन दिनको बहसपछि यस्तो आदेश भएको हो ।

 ुप्रजिअले गैर कानुनी रुपमा मुद्दा चलाएकोले मुद्दा खारेजसहित बन्दी रिहा गर्ने आदेश भएको छ,ु अधिवक्ता अरुण दुबेले भने, ुप्रजिअले संविधान र कानुन मिचेर अधिकार क्षेत्र भन्दा बाहिर गएर मुद्दा चलाएका थिए ।

आन्लदालनको क्रममा तोडफोड गरेको आरोपमा प्रहरीले पक्राउ गरी मुद्दा चलाएपछि प्रजिअ बालकृष्ण पन्थीले विगोसहित गरी जनही १ लाख ४९ हजार तीन सय ७५ रुपैयाँ धरौटी माग माग गरेका थिए । पछि उक्त धरौटी आरोपीले बुझाउन नमानेपछि प्रजिअ पन्थीले दुबैलाई असो १० गते थुनामा राख्ने आदेश दिएका थिए ।

सोलनलाई सम्मान गरेपछि तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले सरकार वार्ता प्रति गम्भिर नभएको आरोप लगाएका छन । अध्यक्ष ठाकुरले भने सरकार मधेश आन्दोलन र मधेशी जनताको अधिकार प्रति जिम्मेवार नभएको वताएका हुन ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..