» » चिनबाट फर्केका नारायणकाजीको तेल ल्याउने बढ्यो यस्तो फूर्ति


काठमाडौँ, कात्तिक ४ गते । केही दिन पहिले चीन भ्रमणबाट फर्केका एमाआवादी नेता नारायणकाजी श्रेष्ठको भारत विरोधी गतिविधिमा सक्रियता बढेको छ । नेपाल भारत सीमामा मधेशी मोर्चाले गरेको नाकाबन्दीका कारण तेल आपूर्तिमा देखिएको असहजताका कारण एमाओवादीले भारतलाई दोषी देखाउँदै चीनबाट तेल ल्याउने सक्रियता बढाएको छ ।  आजै उहाँले चिनियाँ राजदूत वु चुन्ताइ, आफ्नै पार्टीबाट आपूर्ति बनेका गणेशमान पुन, चिनका लागि नेपाल राजदूत महेश मास्केसँग छलफल गरेका छन् ।
“नेपाल–भारत सीमा नाकामा झन्डै एक महिनादेखि उत्पन्न असहज परिस्थितिका कारण कष्टकर बन्दै गएको देशको पछिल्लो अवस्थालाई दृष्टिगत गरी पूर्वउपप्रधानमन्त्री श्रेष्ठको अगुवाइमा औषधि, इन्धनलगायत अति आवश्यक वस्तुको ढुवानी र पारस्परिक विषयमा कुराकानी भएको हो, ”–उच्चस्तरीय छलफलबारे जानकारी दिँदै श्रेष्ठका सहयोगी सुसन कर्माचार्यले राससलाई बताउनुभयो ।
शुक्रबार नै चिनियाँ राजदूतसँगको छलफलपछि मन्त्री पुन र नेता श्रेष्ठले त्यसबारेमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई जानकारी गराएको उहाँले बताउनुभयो । चिनियाँ राजदूतसँग भएको छलफल र त्यसको निष्कर्षका सम्बन्धमा आफू अनभिज्ञ रहेको उहाँले बताउनुभयो ।
चिनियाँ र नेपाली अधिकारीका प्रयासमा भूकम्पसँगै गएको पहिराका कारण अवरुद्ध रसुवाको केरुङ नाका केही दिन अघि खोलिएको थियो । नाका खुलेकै दिन फेरि पहिराले बन्द भएको केरुङ मार्गलाई शीघ्र सञ्चालन गर्न दुवै मुलुकका सम्बद्ध कर्मचारी अहोरात्र खटेका छन् ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..