» » व्यवथापिका संसदको वैठकमा आजवाट सभामुख प्रक्रिया सुरु हुने

काठमाडौं, असोज २७ गते । व्यवस्थापिका संसदको बैठक दिउँसो ३ बजे आज बस्दैछ । आजको बैठकमा केही दिन अघि निधन भएका पूर्व सभासद चन्द्रबहादुर गुरुङको शोक प्रस्ताव पनि पारित गरिने संसद सचिवालयका सहप्रवक्ता सुदर्शन कुईंकेलले सीआईएनलाई जानकारी दिनुभयो ।
यस्तै आजै सभामुख निर्वाचनको कार्यतालिका बारे सूचना दिने कार्यतालिका रहेको छ । कार्यतालिका आजै सभामुखले राजिनामा दिने या नदिने भन्ने बारेमा भने आन्तरिक छलफल भइरहेकोले टुंगो लागि नसकेको सहप्रवक्ता कुईंकेलले बताउनुभयो । सभामुखले राजिनामा दिए उपसभामुख समक्ष दिनुपर्ने प्रावधान छ ।
यही असोज ३ गते जारी भएको नयाँ संविधानमा २० दिनभित्र सभामुख, उपसभामुख र एक महिनाभित्र राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचन गर्ने व्यवस्था छ भने ती पदहरुमा फरक दल र फरक लिङ्ग वा समुदायबाट प्रतिनिधत्व हुने व्यवस्था पनि उल्लेख गरिएको छ । राष्ट्रपति आफैंले लिने बताएको एमालेले सभामुख सुवास नेम्वाङ वा उपाध्यक्ष विद्यादेवी भण्डारीलाई अघि सारेको छ ।
केहीले संविधानसभाको काम सफलतापूर्वक सम्पन्न गरेको भन्दै सभामुखलाई बनाउनु पर्ने भनेका छन् भने अर्को पक्ष महिला पनि भएकाले ऐतिहासिक छवि पनि राम्रो हुने भएकाले भण्डारीलाई बनाउने पर्नेमा उभिएको छ । तर भण्डारी भने सक्रिय राजनीतिमै आफ्नो चासो बढी भएको बताउँदै आउनु भएको छ । एमालेले भण्डारीको नाम प्रस्ताव गरेमा एमाओवादीले पनि पूर्ण समर्थन गर्ने बताइसकेको छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..