» » ओलीलाई साना दलको यस्तो जवाफ

काठमाडाँै, असोज २० गते । साना दलसहित आफ्नो पक्षमा ३२७ सभासद् रहेको भन्दै प्रधानमन्त्रीको सपना देखिरहेका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई साना दलले आज कडा जवाफ दिएको छ ।
व्यवस्थापिका–संसदमा प्रतिनिधित्व गर्ने साना दलहरु नयाँ सरकारको नेतृत्व कसले गर्ने भन्ने विषयमा विभाजित देखिएका छन् ।

रिपोर्टर्स क्लब नेपालले आज आयोजना गरेको साक्षात्कारमा नेकपा (माले) का महासचिव सिपी मैनालीले तीन ठूला दल मिलेकै कारण मुलुकले संविधान पाएको र अब संविधान कार्यान्वयनका लागि पनि तीन दल मिलेरै सरकार बनाइनुपर्ने बताउनुभयो भने राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपालको सार्वभौमसत्ता र अखण्डतामा ‘सौदाबाजी’ गर्नेको विपक्षमा आफ्नो पार्टी उभिने स्पष्ट पार्नुभयो ।
बहुमतीय सरकार गठनको प्रक्रिया सुरु भएर उम्मेदवार मैदानमा आएपछि मात्र आफ्नो दलले निर्णय लिने उहाँको भनाइ थियो ।

राप्रपा नेपालका प्रमुख सचेतक दिलनाथ गिरीले मुलुकमा धेरै समस्या विद्यमान रहेकाले संविधान बनाउने दलहरू एक भएर सरकार बन्नुपर्ने बताउनुभयो । मुलुकको अहिलेको समस्या समाधान गर्न पनि तीन दल एक ठाँउमा बस्नुपर्ने उहाँको भनाइ थियो ।

नेकपा संयुक्तका संसदीय दलका नेता जयदेव जोशीले सोह्रबुँदे सम्झौताका बेला भएको भद्र सहमतिकै आधारमा नयाँ सरकार गठन गर्नुपर्ने बताउनुभयो ।

सङ्घीय लोकतान्त्रिक मोर्चाका नेता राजकिशोर यादवले आफूहरूले नयाँ संविधानको विरोध गरिरहेकाले यही संविधानअनुसार बन्ने सरकार गठन प्रक्रियामा आफूहरू सहभागी नहुने स्पष्ट पार्नुभयो ।

नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालले संविधान जारी भइसकेपछिको अवस्थामा सहमतिको सरकारको आवश्यकता नभएको भन्दै अब सशक्त प्रतिपक्षसहित बहुमतको सरकार आउनुपर्ने धारणा राख्नुभयो । 

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..