» » मधेशको समास्या समाधान गर्नुभन्दा पनि सत्ताको फोहरी खेलमा लागेको अरोप

रौतहट असोज १७ गते । नेपाली काँग्रेस, एमाले र एमाओवादी तीनदलिय गठबन्धन पूर्वराजा भन्दा पनि निरंकुश रहेको वक्ताहरुले बताएका छन् । मधेश आन्दोलन संघर्ष समिती रौतहटद्धारा शनिवार गरुडामा आयोजित विरोधसभाका बोल्दै मधेश रक्तामय भई मातम मनाइरहेको अवस्थामा गत असोज ३ गते तीन दलीय मोर्चाले संविधान जारी गरी दीपावली मनाएर निरंकुशता प्रमाणीत गरेको बताएका थिए ।
कार्यक्रमका प्रमुख अतिथी एमाओवादी सभासद प्रभु साहले देशमा दर्जनौ निर्दोश जनताको हत्या, गराइ अराजक्ताको अवस्था श्रृजना गरेका तीनदलका केही नेताहरु समस्या समाधानतर्फ नलागेर प्रधानमन्त्री र मन्त्री बन्ने फोहरीखेलमा लागिरहेको बताएका छन् । उनले जातिय भेद्भावबाट ओतप्रोत वर्तमान सरकार तथा तीनदलीय अपवित्र गठबन्धनले शेवाकेन्द्र विस्तार विरुद्धको आन्दोलनदेखि अधिकारका लागि मधेशमा ५० दिनदेखि जारी आन्दोलनमा बन्दुकको भरमा दमन गरेर दबाउन खोजेको आरोप लगाएका छन् ।
 विश्वमा रहेको नेपालको अस्तित्व केही नेताहरुको कारण खस्किंदै गएको टिप्पणी गर्दै अबको दिनमा आफूलाई विश्वसामु नेपाली भन्दा पनि लाज मर्दो अवस्था आइसकेको सभासद साहले बताए ।
जनताको प्रत्यक्ष सुरक्षाको जिम्मा लिनुपर्ने ठाँउमा राज्यको क्रुरताको कारण तराईका जनता आफूलाई असुरक्षित महसुश गरिरहेको उनको ठहर रहेको छ । पूर्वमन्त्री समेत रहेका प्रभु साहले सदनभित्र पार्टीको कमाण्ड र पहाडेहरुको घेरामा बसेर मधेशका सभासदहरु मधेशीको पिडाराख्न नसक्ने अवस्था रहेकाले आफूले पार्टीबाट राजिनामा दिएर मधेशको जायज माग पुरा गराउन आन्दोलनमा होमिएको बताए ।
 एउटै मागलाइ पुरा गराउन दुई दुई पटक मधेशीहरु सहीद हुनु परिरहेको पिडा सुनाउदै उनले पहाडियाहरुलाई मधेशीले कुनैपनि हालतमा आफ्नो नेता स्वीकार गर्नु नहुने बताएका छन् ।   पहाडेहरुलाई  राम्रो साथी बनाउन सकिन्छ । तर, कुनैपनि हालतमा नेता मान्नु नहुने सभासद साहले तर्क राखे । जनसंख्याको आधारमा निर्वाचन क्षेत्र, झापादेखि कञ्चनपुरसम्म मधेश स्वायतमा एक अथवा दुई प्रदेश बनाउन सकिने, राज्यको सबै निकायमा समावेशी समानुपातीक, अंगिकृत नागरीकताले मान्यता नपाएसम्म मधेशको आन्दोलन जारी रहने बताएका छन् । राजशवको भागबण्डामा एकरुपता, न्यायपालिका र संबैधानिक आयोगहरुमा पनि समावेशी समानुपातिक हुनुपर्ने उनले बताए ।
साथै सुरक्षा निकायलगायत सबै क्षेत्रमा कार्यरत कर्मचारीको आन्तरिक बढुवामा पनि समावेशी समानुपातिक हुनुपर्ने बताउँदै मधेशीको मागलाई सरकारले वास्ता नगरेका मधेशमा ५० दिनदेखि जारी आन्दोलन थप कडा बनाउने चेतावनी दिए ।
कार्यक्रममा पूर्वमन्त्री महेन्द्र पासवान, एमाओवादीका पूर्वकेन्द्रिय सदस्य रामकुमार शर्मा, कलामुदीन मिया, संघिय फोरम रौतहटका सचीव जयनाथ यादव, सदभावनाका केन्द्रिय सदस्य हरीनारायण सहनी, निर्माण व्यवसायी संघका अध्यक्ष नागेन्द्र साह, थारु कल्याण कारीणीका जिल्ला अध्यक्ष रामजीत चौधरी, उद्योग वाणिज्य संघका अध्यक्ष कन्थमणी जयसवाल, एमाओवादीका राजकिशोर यादव, स्वतन्त्र तराई मधेश अभियानका ललीत मल्लीक लगायतको उपस्थिति थियो ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..