» » केपी ओलीले किन पाँच—पाँच जनालाई उप–प्रधानमन्त्री बनायो ?


काठमाडौँ, कार्तिक १ गते । प्रधानमन्त्रीको निर्वाचनमा १६ वटा राजनीतिक दलको समर्थनबाट प्रधानमन्त्री बनेका एमाले अध्यक्ष केपी शर्मा ओलीले आइतबार विस्तार गरेका मन्त्रिपरिषदमा पाँच उपप्रधानमन्त्री भएको मनीमण्डल गठन गरेको छ ।
पहिला नै ओली सरकारले समर्थन जनाएका राप्रपा नेपालका अध्यक्षलाई परराष्ट्रमन्त्री सहित उपप्रधानमन्त्री पद पनि दिएको थियो । त्यस्तै फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारलाई भौतियो योजना मन्त्रालयको साथमा उपप्धानमन्त्रीको पदको सपथ ग्रहण गराइसकेको छ ।
आयतवार वेको मन्त्री मण्डल छनौटको वैटकमा एमालेबाट भीम रावल, एमाओवादीबाट टोपबहादुर रायमाझी र मालेबाट सीपी मैनाली उपप्रधानमन्त्री वनाइएको छ ।
एमाओवादीबाट सचिव टोपबहादुर रायमाझीलाई उर्जा मन्त्री र माले महासचिव सिपी मैनालीले उपप्रधानसहितको मन्त्रालयमा जिम्मेवारी लिएर आइतबार सपथ लिने भएको छ ।

शाहीकालमा प्रधानमन्त्री बनेका शेरबहादुर देउवा र जनआन्दोलनपछि चौथो प्रधानमन्त्रीको रुपमा चुनिएका बाबुराम भट्टराईले बनाएको सबै रेकर्डलाई तोड्दै ओली नयाँ रेकर्ड बनाउने बाटोमा लागेका छन् ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..