» » नाका छाडेर राजधानीमा शुक्लाको मोलमोलाई

संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा आन्दोलनको तयारी गरिहँदा सोही मोर्चाका एक घटक तराई मधेश लोकतान्त्रिक पार्टीका महामन्त्री सर्वेन्द्रनाथ शुक्लाले सरकारमा जाने तयारीमा लागेका थिए ।

यदि सोही पार्टीका उपाध्यक्ष ह्रदयश त्रिपाठी अलिकति लगाम नकसेको भए, आज उनी कुनै नकुनै मन्त्रालयका मन्त्री हुन्थे । तर, त्यो बेला सपना साकार भएका थिएन । र, अहिले सबै मधेशवादी दल र कार्यकर्ता मधेशको आन्दोलनमा व्यस्त भएको बेला राजधानीमा सत्ताको खेलमा लागेका छन् ।

कहिले विजकुमार गच्छदार त कहिले विष्णु पौडेल त कहिले शेरबहादुर देउवासँग त कहिले केपी शर्मा ओलीसँग सरकारको बारेमा निरन्तरण छलफल गरेका शुक्ला भैरहवामा नाकामा गएपछि निर्वाध रुपमा भैरहवाको नाकाबाट  मालसमान ओहोर दोहर भयो ।

यसले पार्टीका निकै बदनामा भयो । मोर्चाका अन्य नेताहरुले पनि सीमा नाका ठप्प गर्ने जिम्मेवारी पएका थिए र उनीहरु तोकिएको ठाउँमा गएर नाका ठप्प पनि पारे । भैरहवजजा नाकाको जिम्मेवारी पाएका तमलोपाका कुनै पनि नेता सो नाकामा गएनन् । सबै जना काठमाडौमै रुम्मलि रहे । बृद्ध नेता एवं पार्टीका अध्यक्ष महन्थ ठाकुरले वार्ताका वातावरण बनाउन राजधानीमै बस्ने बाध्यता थियो । किनभने वार्ता सफल बनाउन मधेशी मोर्चाको तर्फबाट म्यान्डेट लिइ सकेका थिए ।

ठाकुर काठमाडौमै बस्ने भएपछि अन्य नेतालाई नाकामा जानका लागि भनेका थिए । ह्रदयश त्रिपाठी त गए तर शुक्लालाई पटक पटक भन्दा पनि उनी गएनन् । अध्यक्ष ठाकुरले भनेपछि ठिक छ म जान्छु भनेर निस्किन्थे तर फेरि कताबाट झुल्किदै पार्टी कार्यालयमा टुपलुक्क आइपुग्थे ।

वार्ताको जिम्मेवारी पाएका अध्यक्ष ठाकुर वार्तामा कसैलाई साथमा लिदैन्थे । तर वार्ता चलिरहँदा कताबाट उनी टुपलुक आइपुग्थे र बैठकमा बसि हाल्थे जब कि अध्यक्ष ठाकुरले उनलाई बोलाएको हुँदैन्थ्यो । वार्तामा बसे जस्तै पत्रकारको सामु ब्रिफिगं गर्थे । भैरहवाका जिम्मेवारी पाएर उता किन जानु भएन भनि सोध्नका लागि उनलाई उनको मोबाइलमा पटक पटक सम्पर्क गरे तर फोन उठाएनन् ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

1 comments:

  1. यस्ता कुकुरहरूलाई के थाहा मधेशी जनताको दुःख र पीडा । यिनले न कहिले संधर्ष गरेका थिए न गर्छन् । यिनका बुढी देखी जवाई सबै पाहाडीया हुन् । मधेशबादको ढोगं मात्र गर्छन् ।

    ReplyDelete

..