» » विराटनगरवाट समाजवादी जिल्ला अध्यक्ष सहित ३ जना प्रक्राउ

विराटनगर,कात्तिक ११ गते । सात दशक देखी निरन्तर जारी आन्दोलनरत संयुुक्त मधेसी मोर्चा आबद्ध मोरङका तीन प्रदर्शनकारीलाई आज दिउँसो प्रहरीले पक्राउ गरेको छ ।


विराटनगरको धरानरोडस्थित शनिमन्दिर चोकमा सडक अवरुद्ध गरेर धर्नाका साथै कोणसभा गर्न लागेका सङ्घीय समाजवादी फोरम नेपालका जिल्ला अध्यक्ष राजकुमार यादव, सोही पार्टीका जिल्ला सदस्य कन्हैयालाल साह र तराई मधेस लोकतान्त्रिक पार्टीका जिल्ला अध्यक्ष मोहम्मद कादिरलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुले नियमविपरीत सडक अवरुद्ध गरेर धर्ना र कोणसभा गर्न लागेकाले प्रहरीले सम्झाउँदासमेत नमानेपछि पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक प्रमोदकुमार खरेलले जानकारी दिनुभयो ।

उनीहरुलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको र कारबाहीको सम्बन्धमा जिल्ला सुरक्षा समितिको बैठकले निर्णय गरेपछि आवश्यक कारबाही थालिने उहाँको भनाइ छ ।

यसैबीच, विराटनगरका सडकमा निर्वाधरुपमा सवारी साधन चलेको छ । यसअघि, मोर्चाका नेता तथा कार्यकर्ताले आंशिकरुपमा खुल्ला रहेको विराटनगर बजार बन्द गराउँदै जाँदा बजार क्षेत्रका केही व्यापारीले विरोध गरेपछि बन्दकर्ता र व्यापारीबीच तनाबको अवस्था सिर्जनासमेत भएको थियो । 

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..