» » लहानमा मोटरसाइकल दुर्घटनामा उकको मृत्यु

लहान, २१ असोज । पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको अयोध्यानगर–३ कसहामा मोटरसाइकल दुर्घटनामा परी घाइते भएका एक व्यक्तिको आज उपचारका क्रममा मृत्यु भएको छ ।

को१५प १३०२ र स४प ६२१० नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएर भएको दुर्घटनामा घाइते भएका सिरहाको गोलबजार नगरपालिका–७ निवासी दिनेश साहको विराटनगरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

गत सोमबार राति जितिया मेलाको नाच हेर्न गएका बेला कसहामा दुई वटा मोटरसाइकल एक आपसमा ठोकिएको थियो । सोही दुर्घटनामा परी गम्भीर घाइते भएका दुई जनाको भारतको विहारस्थित दरभङ्गामा उपचार भइरहेको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक सन्तोष निरौलाले जानकारी दिनुभयो ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..