» » वीरगंजमा चीन विरुद्ध निकाले विरोध जुलुस

वीरगन्ज, कार्तिक १० गते । तराई मधेशमा ७३ दिन देखी चल्दै आइरहेको बन्दी र आन्दोलनलाई सरकारले वेवास्ता गर्दा पनि मधेस बिरोधि गतिविधि गरेको भन्दै मंगलबार वीरगन्जमा चिनको बिरोधमा प्रदर्शन भएको छ । “बैक अफ चाइना“ भन्दै स्थानीय युवाहरुले बिरोध ¥याली निकालेका छन

चीनले आन्दोलनलाई तुहाउनैका लागि बिना कुनै सम्झौताको मधेस आन्दोलनलाई गम्भिर रुपमा नलिइ नेपाललाई तेल दिन लागेको भन्दै उनीहरुले घन्टाघरबाट मेन रोड अलखिया मठ हुदै ¥याली निकाली पुनः घन्टाघर मैं आएर कोणसभामा परिणत भएर आ–आफना विचार राखेका थिए ।
विरोध रैली र कोणसभालाई युवाहरु ओम प्रकाश सरार्फ, इमदाद गदि सुगा, इश्वरचन्द्र यादव, जगदीश पटेल, रमेश गुप्ता, जटाशंकर गिरि लगायतले सम्बोधन गर्दै चिनले मधेश बिरोधको आफ्नो नीति सच्याउन आग्रह गरे । वीरगंजका हजारौ स्थानिय युवाहरु सहभागिता चीन विरुद्ध निकालेको ¥यालीमा थियो ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..