» » पाँच दिनका लागि बैंक खोल्ने मोर्चाको निर्णय


जनकपुरधाम, असोज २५ गते । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा धनुषाले विजयादशमीलाई ध्यानमा राख्दै पाँच दिनका लागि जिल्लाका विभिन्न वित्तीय सङ्घसंस्थालाई खुल्ला राख्ने निर्णय गरेको छ ।

मोर्चाका संयोजक परमेश्वर साहका अनुसार आन्दोलनका कारण वित्तीय सङ्घसंस्था पनि बन्द रहँदा जनतालाई परेको मर्कालाई ध्यानमा राख्दै र दसैँमा असहजता उत्पन्न नहोस् भनी पाँच दिनका लागि वित्तीय सङ्घसंस्थालाई खुल्ला गर्ने निर्णय गरेको हो ।

यसअघि निरन्तर बन्दका कारण वित्तीय कारोबार हुन नसक्दा आम जनता बैंकबाट कारोबार गर्न पाएका थिएनन् ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..