» » हलियाँबासीको पीडा सुन्ने कोही भएन !


 बाँके, असोज १८ गते ।  बाँकेको होलियामा गतवर्ष राप्तीनदीमा आएको बाढीका कारण धान खेती  राम्रो हुन सकेन् । यसबर्ष भने समयमा प्रर्याप्त बर्षा नभएका कारण बारीमा लगाइएको धानबाली सुक्न थालेको छ ।

होलिया २ का रामगोपाल बर्माले बर्षा नभएका कारण चार बिघा खेतमा लगाइएको धान सुक्न थालेको बताउनुभयो । गतवर्ष बाढीले खेत डुबान पारेर धानखेती सखाप पा¥यो, बर्माले भन्नुभयो,–यसवर्ष पानी नपरेर लगाएको खेती पनि सुक्न थालेको छ ।

बारीमा धान सुक्न थालेपछि पाक्ने समयमा कतिपय किसानले धान काटेर पशु चौपायालाई घाँसको रुपमा प्रयोग गर्न थालेका छन् ।

बाँकेमा यसवर्ष धानको बीउ राख्ने समयदेखि नै प्रर्याप्त वर्षा नभएपछि धानखेती प्रभावित भएको हो । पछि साउन महिनामा समय धानका लागि प्रर्याप्त वर्षा हुन सकेको थिएन् । समयमा वर्षा नभएका कारण धानको खेतमा धानसँगै विभिन्न थरीको झार उम्रिएको छ । धानखेतमा उम्रिएको झार उखेल्दा उखेल्दै हैरान भएको होलिया ९ का रामसागर लोनियाले दुखेसो गर्नुभयो ।

होलियामा गतवर्ष धेरैजनाको बाढीले घरखेत नै लग्यो, लोनियाले भन्नुभयो, यसबर्ष धानलाई सिचाृई गर्ने पानी पनि परेन, प्रकृतिसँग कसैको केही लाग्ने रहनेछ ।

जिल्ला कृषि विकास कार्यालय बाँकेका अनुसार यसपटक समयमै प्रर्याप्त बर्षा नभएका कारण जिल्लाभर धान सुक्न थालेको भन्दै किसानहरुले जानकारी गराएका छन् ।

लामो समयदेखि वर्षा नभएपछि धानखेतको जमिन चिरा चिरा परेको छ ।

कृषि सेवा उपकेन्द्र उदयपुरका प्रमुख निर्मल रेग्मीले कम बर्षा भएका कारण यसबर्ष जिल्लभर धानको उत्पादन घट्ने भन्दै किसानहरुले चिन्ता व्यक्त गर्न थालेका छन् । तर सुख्खा–३ र राधा–४ नामक जातको धान लगाउने किसानहरुको भने धानबाली अन्य जातको भन्दा राम्रो रहेको रेग्मीले बताउनुभयो ।

सुख्खाका कारण धानको उत्पादन करिब ५० प्रतिशतले कमी आउने भन्दै ग्रामिण क्षेत्रका किसानहरुले बाँकेलाई सुख्खा क्षेत्र घोषणा गरी किसानलाई राहतका कार्यक्रम घोषणा गर्न किसानहरुले माग गरेका छन् ।
जिल्ला कृषि विकास कार्यालयले भने धान काट्ने समयमा उत्पादनका बारे स्पष्ट जानकारी केन्द्रमा पठाउने जनाएको छ । बाँकेमा करिब ३५ हजार हेक्टर जमिनमा धान खेती हुँदै आएको छ ।


त्यसैगरि, गतवर्ष आएको बाढीबाट बिस्थापित भएकाहरु पुनस्र्थापना हुन नसक्दै किसानहरुलाई नयाँ चिन्ता थपिएको छ ।

 बाढी प्रभावित क्षेत्रका किसानहरुले मसुरो लगाउनका लागि बिउ समेत नभएको दुखेसो गरेका छन् ।  बाढी प्रभावित होलिया २ का अगुवा किसान राम गोपाल बर्माले एक बिघा जग्गामा मसुरोको खेती गर्दै आएपनि यसपटक बिउ राख्न लागि एक किलो समेत मसुरो नभएको बताउनुभयो ।

अघिल्ला बर्षमा मसुरोको उत्पादनबाट अन्य गाउँका किसानलाई पनि बिउ दिन्थे, बर्माले भन्नुभयो,–यसपटक मसुरोको बिउ नपाएर हैरान हुनुपरेको छ । गतबर्ष साउनमा आएको बाढीपछि मसुरोको उत्पादन हुन नसकेको किसानहरुले जनाएका छन् । जिल्ला कृषि विकास कार्यालयका अनुसार, गतबर्ष होलियामा मात्रै नभएर जिल्लाभर मसुरोको उत्पादन घटेको छ ।

मसुरो खेतीमा सहयोग गर्नका लागि सरकारले बिउ सहयोग गर्नुपर्ने माग किसानहरुको छ । उनीहरुले अघिल्लो बर्ष बाढीका कारण उत्पादन नभएको अवस्थामा यसबर्ष खडेरीको सामना गर्नुपरिरहेको छ ।

 होलियाका रामफेरन भुजुवाले आफुहरुलाई मसुरोको बिउ सहयोग गर्न र यसबर्ष सुख्खा क्षेत्र घोषणा गरी किसानलाई सरकारले सहयोग गर्नुपर्ने माग गरेका छन् ।

जिल्ला कृषि विकास कार्यालय बाँके अन्तर्गतको उदयपुरस्थित कृषि सेवा उपकेन्द्रका प्रमुख निर्मल रेग्मीले आफुहरु गाउँमा पुग्दा सबैजसो किसानले मसुरोको बिउ नभएको भन्दै बिउ माग गर्दै आएको र यसबारे जिल्ला कृषि विकास कार्यालयमा जानकारी गराएको बताउनुभयो ।

भारत सरकारले सीमामा निर्माण गरेको लक्ष्मणपुर बाँध र कलकलवा तटबन्धका कारण राप्तीनदी किनारका होलिया, गंगापुर, मटैया, फत्तेपुर, कम्दी, बेतहनी लगायतका गाविसमा डुबान, कटान र पटानका कारण बर्षेनी किसानहरु समस्यामा पर्दै आएका छन् ।

नदीले कटान र पटान गरी बालुवाले भरिएको जमिनमा नापी गरी जग्गा छुट्टाउने व्यवस्था गरिदिन होलियाका किसानहरुले माग गरेका छन् ।



About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..