» » दशैँको लागि खुकुलो पारेको नाकाबन्दी आन्दोलन कडाइ गर्दै मोर्चा

वीरगन्ज, कातिक  ६ गते ।  सात दशक देखी निरन्तर जारी मधेश आन्दोलन लामो समयसम्म पुग्दा नाकाबन्दीको स्वरुपसम्म पुगेर दशैँको कारण खुकुलो पारेको नाकाबन्दी फेरी कडाइ गर्दै मोर्चा गएको छ ।
आन्दोलन लम्बिँदै जाँदा मधेशी मोर्चाको बन्द झनै कडा हुँदै गएको छ । नाकाबन्दीमा पनि मोर्चाले कडाई गर्दै गएको छ । तर, विजयादशमीको अवसरमा मोर्चाले अघोषित रुपमा बन्द र आन्दोलन खुकुलो पारेको थियो ।
चाडवाडको बेला पनि आन्दोलन र बन्द स्थगित नगरेको मधेशी मोर्चाले बन्द केही खुकुलो बनाएर जनतालाई चाडवाडको बेलामा केही राहत भने दिएको थियो । तर, दशैं सकिएसँगै मोर्चाले आन्दोलन र बन्दलाई फेरि सशक्त बनाउने भएको छ । दशैंभरी मधेशका सहर र गाउँहरुरमा छोटो दुरीको सवारीसाधन गुर्न मधेशी मोर्चाले कुनै रोकटोक गरेको थिएन । त्यस्तै, लामो दुरीको सवारीसाधन, रात्रीबसहरुमा पनि मोर्चाले आक्रमण वा रोक्ने प्रयास गरेन । दशैंका कारण तराई मधेशका शहर बजारमा चहल पहल पनि बढेको थियो । तर, मोर्चाको जिल्ला समितिहरुले पहिले नै घोषणा गरेअनुसार दशैं सकिने बित्तिकै बन्द सशक्त हुनेभएको छ । सबैजसो जिल्लामा मोर्चाले भदौ २६ देखि असोज ५ सम्म बन्द खुकुलो पार्ने र ६ गतेदेखि बन्दलाई झनै कडाईका साथ लागु गर्ने जनाएका थिए ।

तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले मधेशी मोर्चाले केन्द्रबाट आन्दोलनलाई खुकुलो गर्ने निर्णय नगरे पनि चाडपर्वलाई मध्यनजर गरि जिल्ला समितिले खुकुलो गर्न सकिएला भनि छलफलमा राखेको बताएका थिए । संघिय समाजवादी फोरम नेपालपर्साका जिल्ला अध्यक्ष प्रदीप यादवले पनि आन्दोलनलाई नरोकेको तर स्थानीय स्तरमा अघोषित रुपमा आन्दोलनलाई खुकुलो पारिएको बताए । उनले दशैंपछि नै आन्दोलनलाई झनै कडा पारिने बताउँदै राज्यलाई एक धक्का पुनः दिने चेतावनी दिए ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..