» » उपत्यकामा आज ८० हजार ग्यास वितरण गरिदैँ

काठमाडौं, कार्तिक १४ गते । काठमाडौं उपत्यकामा आज ८० हजार ग्यास सिलिन्डर वितरण गरिने भएको छ । आधा परिमाण अर्थात ७.१ किलो ग्यास भरेर नजिकको ग्यास डिलर र पसलबाट वितरण गरिने तयारी छ ।

उद्योगीका अनुसार उपत्यकामा सामान्य अवस्थामा दैनिक पूरै भरिएका ४० हजार सिलिन्डर (१४.२ किलो) ग्यास खपत हुने गरेको छ । ग्यास उद्योग संघका अनुसार सामान्य अवस्थामा दैनिक मुलुकभर ६६ बुलेट ग्यास खपत हुने गरेको छ । यसबाट ८२ हजार ५ सय सिलिन्डरमा पूरा ग्यास भर्न पुग्छ । उपत्यकामा सरदर दैनिक ३० बुलेट ग्यास खपत हुने गर्छ । ३० बुलेटबाट ४१ हजार २ सय ५० सिलिन्डरमा पूरा ग्यास भर्न पुग्छ ।

आज थप बुलेट ग्यास आएकाले थप सहज हुने आयल निगमले जनाएको छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..