» » विश्वकर्मा सिमेन्ट उधोगमा भीषण आगलागी

वीरगंज, कात्तिक ९ गते । वीरगंज–पथलैया औद्योगिक करिडोरअन्तर्गत वीरगंजको लिपनी विर्तामा रहेको विश्वकर्मा सिमेन्ट उद्योगमा शनिवार भीषण आगलागी भएको छ ।
आगलागीका कारण करिब एक करोड ५० लाख मुल्य बरवारको क्षति भएको प्रारम्भीक अनुमान गरिएको उद्योगका प्रबन्धक विशाली करनानीले बताए । उद्योगभित्र रहेको क्लिन्कर पिस्ने ग्रिन्डर मेशीनको बेल्टमा विद्युत सर्किट सर्ट भएर आगो लागेको बताइएको छ ।
आगलागीबाट क्लिन्कर पिस्ने ग्रिन्डर मेशीन, विद्युतीय मोटर, ग्रिन्डर मेशीनको बेल्ट लगायतका सामानहरू जलेर नष्ट भएका छन । मधेश आन्दोलनका कारण बन्द रहेको उद्योगमा विधुत सर्ट भएर आगो लागेको घटना भने रहस्यपुर्ण छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..