» » समितिले पेट्रोलियम पदार्थ वितरणमा मितव्यता अपनाउन सुझाव


काठमाडौँ, असोज २२ गते । उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिले मुलुकको विद्यमान अवस्थामा पट्रोलियम पदार्थ र दैनिक उपभोग्य वस्तुको आपूर्ति व्यवस्थामा असहज परिस्थिति उत्पन्न भएकाले इन्धनको मितव्ययी प्रयोग र इन्धनका अन्य विकल्पहरुको खोजी गर्नुपर्नेमा जोड दिएको छ ।

समितिका सभापति भीष्मराज आङ्देम्बेको सभापतित्वमा आज भएको समितिको बैठकले पेट्रोलियम पदार्थ र दैनिक उपभोग्य वस्तुको आपूर्ति व्यवस्था सहज गर्न राजनीतिक एवम् कूटनीतिकलगायत सम्भावित सबै उपाय अवलम्बन गर्न सरकारलाई सुझाव दिएको छ ।

समितिले मुलुकको औद्योगिक विकास र आत्मनिर्भर अर्थतन्त्र बनाउन स्वदेशी उत्पादन वृद्धि, देशभित्रका स्रोत साधनको उत्खनन्, विकास र प्रयोगको नीति कडाइका साथ लागू गर्न र राष्ट्रिय स्वाभिमान कायम गर्न ठोस नीति र कार्ययोजनाका साथ अघि बढ्न उद्योग मन्त्रालयलाई निर्देशन दिएको छ 

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..