» » सरकार गठनको बारे उपेन्द्र यादवको यस्तो आयो धारणा


  • संशोधनप्रति आपत्ति
  • अंगिकृतको बारेमा
  • ३५ बुँदे माग हाम्रो होइन
  • कुनै देशको झण्डा जलाउनु आपत्तिजनक
  • नश्लवादी चिन्तन


काठमाडौ, असोज २२ गते । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आफूहरु व्यवस्थापिका संसद नछाडेपनि प्रधानमन्त्री चयनको जोड घटाउमा कुनै चासो नरहेको बताउनु भएको छ ।
सविधानसभा वहिष्कार गरेपनि व्यवस्थापिक संसद छाडेको छैन, उहाँले भन्नुभयो, तीन दलका नेताहरु सत्ताको खेलमा लागेका छन् । प्रधानमन्त्रीका लागि दौडधुपमा लागेका छन् । तर हामीलाई त्यो सँग मतलब छैन । हामी अधिकारको लागि आन्दोलनमा छौ । हाम्रो लक्ष्य भनेको आन्दोलनबाट अधिकार प्राप्ति हो । प्रधानमन्त्रीको जोड घटाउ होइन ।’
रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा प्रधानमन्त्रीका लागि काँग्रेसलाई रोज्ने कि एमालेलाई भने जिज्ञासामा उहाँले भन्नुभयो, हाम्रो लागि एउटा गोमन सर्प हो भने अर्को करेत सर्प हो अब तपाई नै भन्नुस् कसलाई रोजौं ।
यद्यपि उहाँले आफूहरुको सहभागिता विना प्रधानमन्त्री चयन नहुने अवस्था आए पार्टी र मोर्चाबाट उपयूक्त निर्णय लिने बताउनुभयो । परिस्थिति आएपछि मात्र त्यसबारे कुनै निर्णय लिने भन्दै अहिले त्यसको बारेमा आफूहरुले केही नसोचेको बताए ।

संशोधनप्रति आपत्ति
अध्यक्ष यादवले सरकारले आफूहरुसँग सल्लाह नै नगरी एकतर्फी रुपमा संविधान संसोधन प्रस्ताव दर्ता गराएको विषयलाई ‘मिठो नाटक’ को संज्ञा दिनुभयो । सहमति नगरी गरेको कामले स्वामित्वमा गंभिर समस्या आएकाले त्यसको बारेमा अहिले नै कुनै टिप्पणी गरिहाल्ने बेला नभएको बताउँदै उहाँले भन्नुभयो, अहिले आएर सविधान संशोधन गर्नु आफैमा शंकास्पद कुरा हो । यदि यही काम पहिले गरेको भए यो समस्या नै आउने थिएन । तर, आन्दोलनकारीसँग वार्ता र छलफल गरेर संशोधन ल्याएको भए राम्रो हुन्थ्यो । यो पनि तीन दलको नाटको एउटा अध्याय नै हो ।’

सामाजिक न्यायको हकमा समानुपातिक समावेशी प्रतिनिधित्व राख्ने जालसाझी आफूले बुझ्न नसकेको बताउँदै उहाँले त्यो कहाँ राख्ने भन्ने सिद्धान्त अमूर्त भयो । यो जालसाझीपूर्ण भन्दै दालमा कुछ काला हो, भन्नुभयो । सीमांकनमा परिवर्तन नगरेसम्म आन्दोलन फिर्ता नहुने स्पष्ट पार्दै अध्यक्ष यादवले राज्य पुर्नसंरचना आयोगले दिएको प्रतिवेदनको आधारमा अघि बढे धेरै विषयहरु आफै हल भएर जाने दावी गर्नुभयो ।

अंगिकृतको बारेमा
अंगिकृत नागरिकले राज्यको महत्वपूर्ण पद पाउनु पर्छ भन्ने आफूहरुको माग नभएको भन्दै केवल आफूहरुले कुनै पनि नेपाली नागरिक नागरिकताबाट बञ्चित मात्रै हुनु हुन्न भनेका हो । कुनै पनि विदेशीले नेपाली नागरिकता नपाउन र नेपाली नागरिक नागरिकता लिनबाट बञ्चित नहोस् भनि चाहेका बताउनुभयो ।
अंगिकृत नागकिरताधारी राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, मुख्य मन्त्री, सभामुखलगायतको पदमा जान पाउँदैन भने प्रावधान सविधानमा राखिएको छ ।

३५ बुँदे माग हाम्रो होइन
अध्यक्ष यादवले बाहिर मधेसी मोर्चाको भनि आएको ७, १८ र पछिल्लो ३५ बुँदे प्रस्ताव आफूहरुको नभएको भन्दै त्यस्ता प्रस्ताव थाहै नपाई आफूहरुको टाउकोमाथि थोपारिएको भन्दै असन्तुष्टी प्रकट गरे ।
उनले भने, ‘मोर्चाको तर्फबाट अहिलेसम्म कुनै मागै प्रस्तुत गरेका छैनौ । त्यो कहाँबाट आयो कसले राख्यो आश्चर्यमा परेको छ । त्यससँग केही माग हाम्रा मिल्दा जूल्दा मात्र होलान । हामीले वार्ताको वातावरण बनाउन केही सुझाव दिएका थियौ । हाम्रो माग भनेको ८ बुँदे र २२ बुँदे सरकारले गरेको सम्झौता मात्रै हो ।’

कुनै देशको झण्डा जलाउनु आपत्तिजनक
अध्यक्ष यादवले मधेस आन्दोलनलाई लिएर मधेशमा चीन र भारत विरोधी भावना भड्काएर आन्दोलनको ध्यान अन्यन्त्र मोड्ने प्रयास भएको बताउनुभयो । उहाँले कुनै पनि देशको झण्डा जलाउन अपत्तिजनक कुरा हो, चीनले समर्थन गरेर भने चीनको झण्डा जलाउनु भारतले समर्थन गरेन भनि भारतको झण्डा जलाउनु कदापी राम्रो कुरा नभएको बताउँदै झण्डा जलाउँनाले कसलाई हित नगर्ने पनि बताउनुभयो ।
आन्दोलन विदेशीको ईशारामा चलेको देखाएर मुद्दाहरुलाई डाईलुट गर्ने षडयन्त्र भईरहेको भन्दै कुनै पनि देशको झण्डा जलाउने काम घृणित र निन्दनीय भएको बताए । यादवले झण्डा जलाउनेलाई राज्यले कारवाही गर्नु पर्ने भन्दै नेपाली भूमिमा छिमेकी देशको झण्डा जलाउनेकाम निन्दनीय भएको प्रतिक्रिया दिए । उनले भने,‘झण्डा जलाएर कसैको हित हुँदैन झण्डा जलाउने कुकर्मीको पनि हित हुने बाला छैन । यो आन्दोलन विथोल्लने र मुद्दालाई विचलित गर्ने षडयन्त्र हो ।’
यादवले विश्वब्यापीकरणको युगमा नेपालमा हुने साना घटनाले अरु मुलुकमा पनि असर पर्ने भन्दै आन्तरिक मामिलालाई न्यायको आधारमा हल गरे अन्तर्राष्ट्रिय चासो नआउने तर्क गरे । उनले अन्तर्राष्ट्रिय सम्बन्धसमेत राष्ट्रिय हितमा राखेर मात्रै बनाउनु पर्ने धारणा राखे ।

नश्लवादी चिन्तन
अध्यक्ष यादवले सुर्खेतमा आन्दोलन हुना साथ छ बाट सात प्रदेश बनाउने तीन दलले ५५ दिनसम्म मधेस आन्दोलित हुँदा समेत संबोधन गर्न चासो नदेखाउनु नश्लबादी चिन्तन भएको भन्दै यो चिन्तनले राष्ट्रिय एकता र भावनामा नोक्सान गर्ने चेतावनी दिए ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..