» » महोत्तरीमा मानव सांगलोमा सहभागि एक जनाको मृत्यु

गौशाला, असोज १४ गते । मानव साङ्लोमा सहभागी हुन गएका एक व्यक्तिको  आज महोत्तरीको मनरा गा.वि.समा मृत्यु भएको छ ।

मृत्यु हुनेमा जिल्लाको सिस्वाकटैया गाविस–८ सहसराम गाउँ बस्ने ४५ वर्षीय उमेश कापर रहेको उनका छिमेकी राधेश्याम तिवारीले जानकारी दिनुभएको छ ।

मनरा–७ स्थित बाटोमा मानव साङ्लोमा सहभागी हुँदै उभिएका कापर अचानक भुइँमा लड्दा उनको घटनास्थलमै मृत्यु भएको उनीसँगै रहेका गाउँले विजयकुमार साहले बताउनुभयो ।

मृतक कापरको शव उनीसँगै मानव साङ्लोमा सहभागी हुन गएका गाउँलेले गाउँमा लैजाने तयारी गरिरहेका छन् भने घटनास्थलमा प्रहरी पुग्न सकेका छैनन् । 

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..