» » बस पल्टिदा २० यात्रु घाइते, चालक फरार

चितवन, असोज, १८ गते । जुगेडीबाट नारायणगढतर्फ आउँदै गरेको स्थानीय रुटमा चल्ने मिनीबस भरतपुर उपमहानगरपालिका वडा नं २, आँपटारी नजिकै आज बिहान सडक किनारामा पल्टिँदा २० सबार यात्रु घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार ग१ख २२४६ नंको मिनीबस अनियन्त्रित भई सडक किनारामा पल्टिएको हो ।
घाइतेहरूमध्ये गम्भीर अवस्थामा रहेका छजनाको चितवन मेडिकल कलेज र सामान्य घाइते भएका १४ जनाको भरतपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
दुर्घटना बिहान ७ः४५ बजे भएको थियो । बसका चालक घटनापछि सम्पर्क्विहीन रहेको प्रहरीको भनाइ छ । 

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..