» » नाकाबन्दी र मधेश आन्दोलन

-विकास रञ्जन
तराई बन्द भएको ५१ दिन भन्दा बढ़ी भयो  । जन जीवन कष्टकर छ । समुदाय विशेषमाथि आत्मरक्षाको नाममा नेपाल प्रहरीले  मानवीय सवेदनाका सम्पूर्ण हद पार गरी  गर्ने जति दमन गर्यो । मधेश आन्दोलन पहिलो पटक भएको होइन । यो तेस्रो पटक हो ।

वार्ता र सहमति पनि विगतका दुर्इ मधेश आन्दोलनमा भएकै हो । नभएको कुरो भनेको मधेशको जायज मागलाई लागु गर्ने हो । अहिले जो व्यक्तिहरु कथित रुपमा आन्दोलनको नेतृत्व गर्दै छन । विगतमा पनि उहाँहरुले नै आन्दोलनको नेतृत्व गरेक हुन् । वार्ता र सहमति गर्ने उनीहरु नै हुन्। अहिलेको मधेश आनदोलनको अवस्था र पूर्वका दुर्इ मधेश आन्दोलनका अवस्थाहरुमा खासै अन्तर देख्दिन ।

म कारण त्यति बेला पनि मधेशी दोस्रो दर्जा को नागरिक थियो भने अहिले संबिधान आइ सकेको अवस्थामा पनि दोश्रो दर्जाकै नागरिक हुन् । अब मुख्य कुरा अहिलेको परिस्थितिबाट मुक्ति कसरी पाउने हो ? तीन दल नेपाली काँग्रेश, नेकपा एमाले र एकीकृत माओवादी बिगत को सहमति लागु गर्नेमा गम्भीर छैन । राष्ट्रपतिले नयाँ सरकार गठनका लागि आह्वाहन गरी सकेका छन भने तीन दलका नेताहरु पनि आफु अनुकूल सरकारमा अधिकतम पहुँच स्थापित गर्न आन्तरिक गृह कार्यमाँ जुडी सकेका छन ।

 मधेशी दलको नाकाबन्दीका कारण पहाड़का जनता पनि  सातादेखि कष्टकर जीवन बिताई रहेका छन् । देशको आर्थिक अवस्था चर्मराउदै गएको छ । तैपनि देश हाँक्नेहरु निकास दिने भन्दा सरकार बनाउने खेलमा लगिपरेका छन् । यी सब पक्ष हेर्दा राज्यले मधेशलाई अनदेखा गरेको तथा हेपेको राम्ररी बुझ्न सकिन्छ र राज्यले मधेशलाई अनदेखा गर्नुको कारण धेरै हदसम्म मधेशी नेतृत्व पनि हो ।

 जसलाई वार्ताबाट उधारों सहमति हुने र यो आन्दोलनको चक्र पुनः तीन चार वर्षपछि दोहिरीने थाहा हुँदा हुँदै पनि पछिल्लो दिनहरुमा वार्ताको नाममा तथा अन्य बहानामा काठमाण्डौमै बसेर आन्दोलनलाई काठमाण्डौमा असर हुने गरी शशक्त बनाउन न सक्नु हो। मेरो बिचारमा यो समस्याको दीर्घकालीन निकास वार्ताबाट हुनै सक्दैन किनकी वार्ता र सहमति पहिला नै भई सकेको छ। समझौता मात्र लिपिबद्ध गराउनु पर्ने हो जसको लागि जून प्रकारले जनआंदोलनमा वीना कुनै वार्ता ज्ञानेन्द्रले गद्दी छाडे ।

अहिलेको आन्दोलनको स्वरूप पनि  त्यस प्रकारकै हुनु पर्छ । विभिन्न टुकड़ामा रहेका मधेशी मोर्चाहरु गोलबन्द भई मधेशको भूमिमा आई आफ्नो माग संबिधानमा न अटाएसम्म आन्दोलन न रोक्ने उदघोष  गरेर १०(१५ दिन अझ्झ् पूर्ण नाकाबन्दी गरे । अहिलेलाई केहि दिन अझ्झ जनताले कष्ट शहनु पर्ला तर निकास दीर्घकालीन रूपमा निस्कने छ ।

 अन्यथा मधेशी मोर्चाले वार्ताको प्रयास थालनी गर्यो भने केहि दिनमै आन्दोलन विस्तारै साम्य हुदै जान्छ र उता यससँगै तीन दलमा सरकार गठनका लागि आपसी विवाद चुहिन्छ । संविधान संसोधनको लागि दुर्इ तिहाई पुग्दैन  । फेरी पूरानै मधेश आन्दोलनको चक्र दोहिरिने छ । अहिलेको वार्ता भनेको मधेशले पाउनु पर्ने अधिकारलाई बंटाधार गराउने माध्यम हो ।

त्यसैले काठमाण्डूमा बसेर वार्ता समिति गठन गर्ने नेताहरु वास्तवमा मधेशलाई अधिकार सम्पन्न बनाउन आनदोलन गरेको हो भने आँफै सड़कमा तथा नाकामा आएर आन्दोलनलाई अझ शशक्त बनाउनुको विकल्प न भएको बुझ्नु जरूरी छ । 

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..