» » राजेन्द्र महतोले भने, तीन दल गठबन्धन भत्काउन प्रधानमन्त्रीमा मतदान गरेका हौं


पर्सा असोज २८ गते । सविधानसभाबाट राजिनामा दिएपनि प्रधानमन्त्रीको चुनावमा भाग लिएका सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महत्तोले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली मधेश विरोधी भएका कारण उनलाई हराउनकै लागि मधेशी मोर्चामा आबद्ध दलहरुले प्रधानमन्त्रीको निर्वाचनमा भाग लिएको बताएका छन् ।

एमाले, काग्रेस र एकीकृत नेकपा माओवादीले मधेशी मोर्चाका मधेशी दललाई फुटाउन षडयन्त्र गरेपनि मधेशी दलहरुले प्रधानमन्त्रीको निर्वाचनमा सहभागी भएर तीन ठूला दलको एकतालाई फुटाउन सफल भएको बताउँदै उनले मधेशका माग पुरा नभए सम्म आन्दोलन नरोकिने बताए ।

वीरगन्ज रक्सौल नाकामा पत्रकारसँग आज कुरा गर्दै उनले मधेशका माग पुरा गर्न सरकार र सत्ताधारी दलहरुले चासो नदेखाएको भन्दै माग पुरा नभए सम्म बन्द हडताल र नाकाबन्दी जारी नै रहने बताए ।
धर्नास्थलमा बारा र पर्साका विभिन्न जातसमुदायको आएको ऐक्यबद्धता ¥यालीलाई स्वागत समेत उनले गरेका थिए ।  संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा नयाँँ सविधान र सिमाशकन प्रदेशको विरुद्धमा विगत २२ दिनदेखि मुलुकै मुख्य नाका वीरगन्ज नाका पूर्ण रुपमा ठप्प बनाएका छन् ।

 हजारौको सहभागितामा बाजा, गाजा सहित ट्याक्टरमा सवार गाउ शहरबाट निकालिएको ऐक्यबद्धता जुलुस वीरगन्ज नगरपरिक्रममा गरी धर्नास्थल दशगजाक्ष्ँेत्र मितेरी पुलमा पुगि आन्दोलनमा सहभागिता जनाएका हुन । धर्नारत मोर्चाका नेता कार्यकर्ताहरुको लागि खाद्यन्न र नगर रुपैयाको समेत सहयोग गरिरहेका छन् ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..