» » जनकपुरमा दर्जनौ शव फेला,( फोटो फिचर)

जनकपुर, असोज १४ गते । पूर्व पश्चिम देखी पश्चिम महाकाली सम्म् मानव सांगलो बनाइरहेको क्रममा जनकपुरको बुंगमति नदिको पुल नजिक दर्जनौ शब फेला परेको छन् ।
हुलाकी लोकमागृमा पर्ने बुगंमति नदिको छेउमा रिक्सामा राखिएको शव गाड्न खोज्दा शंका लागेपछि सर्ब सधारणले रिक्सा चालकलाई नियन्त्रणमा लिएको थिए । रिक्सा चालक त्यहीको डोम थियो । डुम अक्षयलाई प्रक्राउ गर्दा पुछताछ गर्दा उनले अहिले सम्ममा ३ दर्जन जति शव फालेको वताएका छन् ।
स्थानियहरुले रिक्सा चालक डुमलाई उत्खन्न गराएर दर्जनौ शब निकालेका छन् । ती पक्राउ परेका डोमले भ्रमणपुरा चोक नजिक फोहोर फाल्ने ठाउँमा साल गाड्ने गरेको बताएका छन् । उनले ती शव अस्पतालबाट ल्याउने गरेको बताएपनि अस्पतालको नाम खुलाएका छैनन् ।
सुरुमा पलास्टिकमा बेरिउको शवलाई स्थानियले सोध खोज गर्दा रिक्सा चालक डोमले आज मात्रै सात शव गाडेन ल्याएको र यस अघि दजृनौँ शब गाडिसकेको वताएका छन ्।
ती रिक्सा चालकले जनकपुर अञ्चल अस्पतालेले जिल्ला प्रहरी कार्यालयलाई बुझाएको शवव आफुलाई व्वस्थापनको लागि दिउको दावी गरेको छन् । साथै एउटा शव व्यवस्थापन गरे वापत एक हजार रुपैयाँ दिने गरेका डुमले स्थानीयहरुलाई बताएका छन् ।

डोमले ३५ वटा लास गाडेको बताएपनि अहिलेसम्म बालबालिका सहित एक करिब एक दर्जन खास भेटिएको छ । केही लासको शरिरमा गोली लागेको छ । केही लासको टाउकोमा कालो पट्टी बाँधिएको छ । त्यहाँ निकै गन्हाईरहेकोले लास खोज्ने काममा कठिनाई भइरहेको छ । अहिले घटना स्थलमा मानिसहरुको घुँइचो लागेको छ ।
जनकपुर अञ्चल अस्पतालको एक आधिकारिकले भने केही दिन यता ३ ओटा वेवारिसे शव पोस्टमार्टम पछि जिल्ला प्रहरीको जिम्मा लगाएको थिए । तर दर्जनौ लासहरु फेला परिरहेको छ । 



About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..