» » लगातारका बन्दले मजदूरलाई सास्ती


नवलपरासी, असोज १४ गते । मधेश आन्दोालनका कारण पछिल्लो ४७ दिनदेखि नवलपरासीको सदरमुकाम परासी बन्द हुँदा दैनिक मजदुरी गरेर जीवन धानेका मजदुरहरुलाई अहिले दैनिक छाक टार्न गा¥हो परेको छ ।
रीक्सा चालक, गाडी चालक सहचालक, उद्योग धन्दाहरुमा दैनिक ज्यालादारी गरेर जीवन गुजारा गर्ने मजदुरहरु, निर्माण मजदुरहरु, जुता, छाता मर्मत गरी दैनिक जीवन चलाउने गरेका मजदुरहरुलाई अहिले दैनिक छाक टार्न समेत मुस्किल भएको अखिल नेपाल टेड युनियन महासंघ नवलपरासीका जिल्ला सदस्य बसन्त कुर्मीले बताउनु हुन्छ ।
संयुक्त थारुहट मधेसी मोर्चा नवलपरासीको आव्हानमा नवलपरासीको सदरमुकाम परासी साउन २६ गतेदेखि लगातार बन्द छ । मधेसी मोर्चाले आवहान गरेको बन्दका कारण यस क्षेत्रका कलकारखाना, यातायात, शैक्षिक क्षेत्र, बजार सम्पुर्ण पुर्ण रुपमा बन्द रहेका छन् । लगातारको लामो बन्दका कारण यातायात बन्द हुँदा गाडी चलाउन छाडेको डेड महिना हुन थाल्यो । अलिअलि जम्मा भएको पैसा पनि खाएर सकियो अब दैनिक कसरी चलाउने समस्या भएको छ ।
साथीभाईसँग ऋण मागेको ३ हजार रुपैया सकाई सकेको सुनवलका उदयमान बनियांले बन्दका कारण सुनवल परासी यातायात बन्द हुँदा चालक सहचालक गरेर मात्र ३ सय भन्दा बडि मजदुरहरु वेरोजगार भएको सुनवलदेखि परासीसम्म गाडीहरु संचालक गर्दै आएको मध्य नेपाल यातायात समितीका अध्यक्ष रिषी पौडेलले बताउनु भयो ।
चालक एवं सहचालकहरुको मात्र कुरा होईन लामो बन्दले गाडि नचल्दा किस्तामा लिएका गाडीहरुको नियमित किस्ता समेत तिर्न बन्द भएको अध्यक्ष पौडेलले बताउनु भयो ।
संविधान लेखेपछि त देशमा के के न हुन्छ भन्दथे नेताहरु खोई के न के ? आफनो त सधै उस्तै बरु संविधान लेखे पछि त आफनो भएको रोजगारी पनि सकिए पछि के खाउ भन्ने अवश्था आएको सदरमुकाम परासीमा पांँच वर्षदेखि रिक्सा चलाउदै आउनु भएका परासीका स्थानियबासी मघरु कहारले बताउनु भयो ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..