» » राजकिशोर र शरतसिहले कोइरालालाई रोज्नुको चार कारण


काठमाडौ असोज २७ गते । विजयकुमार गच्छदार नेतृत्वको संघीय लोकतान्त्रिक मोर्चामा आवद्ध दुई दलले प्रधानमन्त्रीका लागि नेपाली काँग्रेसका सभापति सुशिल कोइरालालाई चार कारणले मतदान गरेको जनाएको छ । आन्दोलनमा रहेका मधेशवादी दलहरु प्रधानमन्त्रीको चुनावमा भाग लिएको कारण मधेशमा आलोचना बढ्दै गएपछि हिजो संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले कारणहरुले प्रष्ट्याएका थिए आज संघीय लोकतान्त्रिक मोर्चाले विज्ञप्ति जारी कारण बताएका छन् ।
मोर्चामा आवद्ध दुई दल राष्ट्रिय मधेश समाजवादी पार्टीका अध्यक्ष शरतसिह भण्डारी र मधेशी जनअधिकार फोरम गणतान्त्रिका अध्यक्ष राजकिशोर यादवले प्रधानमन्त्रीमा काँग्रेसका सभापति सुशिल कोइरालालाई चार कारणले मतदान गरेको विज्ञप्तिमार्फत आज जानकारी गराएका छन् ।
फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले गठन गरेको संघीय लोकतान्त्रिक मोर्चा छाडेर गएपछि सो मार्चामा बाँकी रहेका ती दुई दलले आज विज्ञप्ति जारी गरी चार कारण खुलाएका छन् ।

पहिलो कारणः मधेशी, थारु, आदिवासी जनजाति र उत्पीडित समुदायको अधिकारलाई कुण्ठित पार्ने धाराहरु र कतिपय विषय जो अन्तरिम संविधानमा थियो तर अहिले हटाईएको छ, ती धाराहरुलाई मात्रै मोर्चाले जलाएको छ । सम्पूर्ण संविधान र निर्माण प्रकृयामा अधिकारबाट वञ्चित गर्ने धाराहरु बाहेक अन्य धाराहरु सँग आपत्ति नभएको कारण मतदान गरेको ।

दोस्रो कारणः संविधानसभाबाट मात्रै बाहिरिएको थियो । व्यवस्थापिका संसदबाट बाहिरिएका थिएन । त्यही भएर मतदान गरेको ।

तेश्रो कारणः अहिलेको राष्ट्रियता र राष्ट्रिय अखण्डतालाई कमजोड पार्ने माले, मसाले र मण्डलेहरुको अप्राकृतिक गठबन्धनको विरुद्धमा लोकतन्त्रको पक्षमा मतदान गरेको ।

चौथो कारणः समस्याको समाधान यही संविधानमा दुई तिहाईको बहुमतबाट संशोधनमार्फत नै चाहेकाले र मधेश विरुद्धमा भई रहेको धु्रवीकरणलाई रोक्न अन्तरिम संविधान बमोजिम भएको अहिलेको यस संक्रमणकालीन व्यवस्था बमोजिम नै मतदान गरेको ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..