» » तराईका महिलाहरुद्धारा जितिया पर्व मनाईदैँ


काठमाडौं, असोज १७ गते । तराई मधेशको जिल्लाहरुमा महिलाहरुले सन्तानको र परिवारको शुख शान्ति र दिर्घायू तथा सम्बृद्धिको लागि आज जितिया पर्व धार्मिक विधिपूर्वक मनाईँदैछ ।
भारत देखी लिएर नेपालको तराई क्षेत्रको मैथिल समुदाय, भोजपुरी समुदाय लगायत थारु जातिका महिलाहरूले सन्तानको दीर्घायुको कामनाका लागि आज बेलुका ८ बजेदेखि विधिवतरुपमा उपवासमा बसेपछि पर्व शुरु भएको मानिन्छ ।
आश्विन कृष्ण अष्टमी तिथिमा यो पर्वको उपवास सुरु हुने र नवमीमा सकिन्छ । व्रत बस्नेले पानी पनि पिउन नपाउने, थुक पनि निल्न नपाउने र नवमी तिथिपछि मात्र भोजन गर्न पाइनेछ । हिन्दू धर्मावलम्बीहरूले उपवास गर्ने पर्वहरूमा सबैभन्दा बढी अर्थात ३६ घण्टासम्म उपवास बस्नुपर्ने र यो अवधिमा थुक पनि निल्न नपाउने कडा बन्देजका कारण यो पर्वलाई सबैभन्दा कठोर पर्वका रुपमा पनि मानिन्छ ।
पर्वको तिथिको समयअघि नै अर्थात सप्तमी तिथिको उत्तराद्र्धमा खासगरी मध्यरात्रिको समयमा व्रतालु माताका साथै परिवारका सम्पूर्ण सदस्यहरू दही–च्युरा, मिठाई, फलफूललगायत भोजन सामग्री खाने गरिन्छ । यसलाई ‘ओटघन’ भनिन्छ । थारु समुदायमा भने कतिपय व्रतालु माइती पुगेर यो पर्व मनाउने गर्छन् । यो पर्व मनाईने आमाहरुको सन्तानलाई केही अकल्पनिय क्षति तथा दुर्घटनावाट वचाउने जनमानसमा विश्वास रहेको मानिन्छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..