» » मधेशको आन्दोलन उग्र रुप लिइदैँ, ठाँउ–ठाँउमा आगजानी

सप्तरी, कार्तिक ८ गते । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका कार्यकर्ताले पूर्वपश्चिम राजमार्ग अन्तर्गत भारदहस्थित सडक खण्डमा एम्बुलेन्समा इन्धन लगिरहेको निकालेर कार्यकर्ताले आगजानी गरेको छ । त्यस्तै रौतहटको सदरमुकाम गौर चन्द्रनिगाहपुर सडकखण्डमा आन्दोलनकारीहरुले एउटा पिकअप भ्यानमा तोडफोड पछी आगजनी गरेका छन । बन्दको अवज्ञा गरेको भन्दै आन्दालनकारीहरुले भेडियाही चौकमा आजदिउसो १२ बजेको समय गौर बाट चन्द्रपुर तर्फ गइरहेको बा४प २२८८ नम्बरको पिकअप भ्यानमा आगजनीगरेको इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी निरिक्षक सन्तुलाल प्रसाद जईसवारले बताएका छन 


संयुक्त लोकतान्त्रिक मधेशीमोर्चाले आजदेखी रौतहटमा प्रेस, एम्बुलेन्स,दुधबोक्ने गाडी,कुटनितिक नियोगका गाडी तथा साइकल बाहेक अन्य कुनै सवारीसाधन न चलाउन अनुरोध गरेका थिए । मोर्चाले चारदिन अघि एक प्रेस बिज्ञप्ती प्रकासीतगरी अनुरोधको बिपरीत चलाएको पाइएमा मोटरसाइकलमासमेत आगजनीगर्ने चेतावनी दिएका थिए । मोर्चाको उक्त चेतावनीको कारण आज बिहानै देखी गौर चन्द्रपुर सडकखण्डमा मोटरसाइकल समेत नचलेको प्रहरीले जनाएको छ ।

आन्दोलनकारीहरु गाँउ गाँउमा सक्रियभइ सवारीसाधन माथी प्रतिबन्ध लगाइरहेका छन । मोर्चाद्धारा कडाइका साथ गरीएको अनुरोध पछी जिल्लाका अधिकांश बजारहरु बन्द भएका छन । बिगतका दिनहरुमा खुलारहने ग्रामिण बजारहरु पनी आइतवार बन्द भएका छन ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..