» » मधेशी मोर्चाको बैठक जनकपुरमा भावी रणनिती तयार गर्दै

जनकपुरधाम, कार्तिक १४ गते । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको बैठक जनकपुरमा बस्दैछ । तराई मधेशमा  दुई महिना १५ दिन भन्दा बढि दिन देखी निरन्तर आम हडताल र बन्दी लगायतको विभिन्न् आन्दोलनको कार्यक्रमहरु गर्दै आएको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको आन्तरिक समिक्षाको लागि बैठक बस्न‍े भएको छ । मधेसी मोर्चासँग सरकारले गरिरहेको वार्ता, सिमांकनमा देखिएका समस्‍या र मधेसको अन्‍य मागका बारेमा छलफल हुने बुझिएको

मोर्चाका शिर्षस्थ नेताहरुको बैठकमा सरकारसँग भएको वार्ताको समिक्षा गरिनेछ । बैठकमा आन्दोलनको  बैठकमा आन्दोलनको समिक्षा गर्दैभावी रणनीति पनि बनाइने भएको छ । त्यस्तै आन्दोलनमा अन्तर्रा्ष्ट्रिय भूमिका र समर्थनका बारेमा पनि छलफल हुने भएको छ ।

मोर्चाका नेताहरुले सरकारले मधेसमा भइरहेको आन्दोलन र उनीहरुले पाउने हक अधिकारलाई तुहाउने षडयन्त्रमा लागेको आरोप लगाएका छन्। मोर्चाका नेताहरुसँग सरकारले आइतबार हुने निर्णायक वार्ताको लागि बोलाएको छ। यसअघि मोर्चाले सरकासँग उठाउन गर्नु पर्ने मुद्दाहरुबारे आज जनकपुरमा बैठक बस्न लागेको हो।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..