» » बस दुर्घटनापछि भएको आगलागीमा ६ जनाको मृत्यू

फाइल फोटो

 दाङ कात्तिक ३ गते । बुटवलबाट नेपालगन्जतर्फ जाँदै गरेको लु१ख ५८२८ नम्बरको यात्रुवाहक बस खासखुस्मा गाविस–८ चप्परगौरीमा दुर्घटना भई एक्कासि आगलागी हँुदा बसमा सवारमध्ये हालसम्म छ जनाको शव प्राप्त भएको छ ।

इलाका प्रहरी कार्यालय अमेलियाले दिएको जानकारीअनुसार बसमा ३३ यात्रु सवार रहेको र तीमध्ये १२ जनाको जीवित उद्धार गरिएको छ भने अहिलेसम्म छ जनाको शव प्राप्त भएको हो । घाइतेकोउद्धार जारी नै रहेको र मृतकको अझै सनाखत हुन सकेको छैन् ।

बसमा सवार यात्रु केहीले पेट्रोलियम पदार्थ बोकेको र बस अनियन्त्रित भई दुर्घटना हँुदा तातेर आगलागी भएको प्रहरीको अनुमान छ । घटनाबारे थप विवरण आउन बाँकी नै छ । 

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..