» » खैरौँ हिरोइनको साथमा दुइृ जना युवक प्रक्राउ

धनगढी, असोज २७ गते  । कैलाली प्रहरीले खैरो हिरोईन सहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ गरिएका दुबै जनालाई जिल्ला प्रहरी कार्यालयले आज सार्वजनिक गरेको छ ।
प्रहरीले धनगढी उप महानगरपालिका वडा नम्बर १२ मनहेरा बस्ने १८ वर्षका रोशन सुनार र सोही ठाउँकै २२ वर्षीय जीवनसिंह ठकुरीलाई पक्राउ गरेको हो । उनीहरुबाट नौ ग्राम भन्दा बढी खैरो हिरोईन समेत बरामद गरिएको छ ।
पक्राउ परेका दुबै व्यक्तिले भारतको गौरीफन्टाबाट लागू औषध ल्याएर यता बिक्री वितरण गर्ने गरेको पाइएको प्रहरी उपरीक्षक राजेन्द्र बिष्टले बताउनुभयो ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..