» » मागहरु सम्बोधन नभएसम्म आन्दोलनका कार्यक्रम जारी


जनकपुरधाम, २३ असोज । सद्भावना पार्टीका राष्ट्रिय अध्यक्ष राजेन्द्र महतोले मधेसका मागहरु सम्बोधन नभएसम्म आन्दोलनका कार्यक्रम जारी रहने बताउनुभएको छ । 

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाद्वारा आज जनकपुरधाममा आयोजित श्रद्धाञ्जलिसभामा बोल्दै संविधानले मधेसका मुद्दालाई सम्बोधन नगरेको आरोप लगाउनुभयो । 

उहाँले नयाँ संविधानमा न्यून अधिकार दिएर प्रदेशलाई अधिकारविहीन बनाएको बताउनुभयो । 

तराई मधेस लोकतान्त्रिक पार्टीका उपाध्यक्ष वृशेषचन्द्र लालले प्रमुख तीन दलका नेताहरुले मधेसमा जारी आन्दोलनका बारेमा गरेका टिप्पणी मधेसघाती भएको आरोप लगाउनुभयो । 

मोर्चाका जिल्ला अध्यक्ष परमेश्वर साहको अध्यक्षतामा भएको सभामा सङ्घीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य अमरेशनारायण झा, सद्भावना पार्टीका केन्द्रीय सदस्य लालकिशोर साह, महिला नेत्रीहरु विभा ठाकुर, विन्दु ठाकुर, चमेलीदेवी दास, मुस्लिम गठबन्धन सचिवालय सदस्य मो असगर अलीले मधेसलाई अधिकार प्राप्त नभएसम्म आन्दोलनलाई सशक्त र निर्णायक बनाउनुपर्ने धारणा राख्नुभयो । 

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..