» » वीरगंजमा शंकास्पद रुपमा युवकको शव फेला


वीरगन्ज,कातिक १० गते । पर्साको जगन्नाथपुरस्थित गण्डक नहरसंगै रहेको सडकको छेउमा मंगलबार बिहान एक जना युवकको शव सन्देहास्पद अवस्थामा फेला परेको छ ।
जगरनाथपुरका स्थानीयघुमफिरको क्रममा शव देखेपछि प्रहरीलाई तुरुन्तै खबर गरेका थिए ।  मृतक वीरगंज उप महानगरपालीका वाड नम्बर २६ सबैठवा बस्ने रामबिनेश कुश्वाहा भएको प्रहरीले सनाखत गरेको छ ।
मृतकका आफन्तहरुका अनुसार उनी विहान ४ बजेको झिसमिसेमैं ना १६ प ११२८ नम्बरको मोटरसाईकलले जितपुर जान निस्केका थिए । घट्नाबारे थाहा पाएपछि मृतकका आफन्तहरुमा रुवाबास छ । 
शवलाई पोष्टमार्टमको लागि नारायणी उप क्षेत्रीय अस्पतालमा प्रहरीले पुर्याएको छ । उनको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको प्रहरीले अनुमान गरेको छ । घट्नाबारे अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक राजुबाबु श्रेष्ठले बताए । शवसंगै फेला परेको मोटरसाइकलमा समान्य क्षति देखिएको उनले जानकारी दिए । पोष्टमार्टम रिपोर्ट र अनुसन्धानपछि मात्र थप जानकारी आउने प्रहरी उपरीक्षक श्रेष्ठले जनाए ।        

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..