» » भारतबाट नाका छल्दै ल्याएको मालसमान नष्ट गरे आन्दोलनकारी


महोत्तरी कात्तिक ८ गते । महोत्तरीको मटिहानी सीमानाकामा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले भारतबाट ल्याइएको लाखौँ मूल्य बराबरको मालसामान जलाएका छन् ।
त्यस्तै, संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले पूर्वपश्चिम राजमार्गअन्र्तगत भारदहस्थित सडक खण्डमा गुडिरहेको एम्बुलेन्स र मोटरसाइकलबाट एक सय लिभन्दा बढी पेट्रोलियम पदार्थ झिकेर सडकमै आगो लगाएका छन् ।

मोर्चाका कार्यकर्ताले विराटनगरबाट काठमाडौँतर्फ बिरामी लिएर जाँदै गरेको नं खुल्न नसकेको एम्बुलेन्समा राखिएको पेट्रोल र डिजल झिकेर सडकमै पोखी आगो लगाएको स्थानीयवासी अशोक माझीले बताउनुभयो ।

यस्तै मोर्चाका कार्यकर्ताले सप्तरीकै पोर्ताहा र कोसी ब्यारेजमा पनि भारतको भीमनगरबाट मोटरसाइकलमा ल्याइँदै गरेको डिजल र पेट्रोल झिकेर सडकमा पोखेको बताइएको छ । राजविराजलगायत अधिकांश ठाउँमा कार्यकर्ताले बजार, पसल शिक्षण संस्था, उद्योग, कलकारखाना, यातायात ठप्प पारेका छन् ।

बहत्तर दिनदेखिको मधेस बन्द र ३१ दिनदेखिको नाका जामका बेला घर खर्च तथा खेतबारीमा राख्नका लागि ल्याइएका दर्जनौँ बोरा मल, खाद्यान्न, तेल, मसलालगायत वस्तु आन्दोलनकारीले खोसेर बाटोमा फाली आगो लगाएका हुन् ।


त्यस्तै भारतबाट मोटरसाइकलमा ल्याइएको पेट्रोल र सिँचाइ तथा जेनेरेटर सञ्चालनका लागि ल्याइँदै गरेको सयौँ लि डिजल पनि आन्दोलनकारीले खोसेर जलाएको तथा तरकारी, फलफूल, दूधलगायत वस्तु भुइँमा फ्याकेर र पोखेर नष्ट गरेको बताइएको छ ।


About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..