» » सरकार र मधेशी मोर्चाको वार्ता शुन्यमा

फाइला फोटो

काठमाडौँ, कात्तिक ३ गते । सरकार र आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीचको वार्ता शुन्यमा झरेको छ । आन्दोलन शुरुवातासँग सरकारसँग अनौपचारिक र औपचारिक वार्ता पटक पटक भएको छ तर वार्ताको अवस्था जस्ताको त्यस्तै छ । तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर एक्लैले सरकार तथा उनका प्रतिनिधिसँग पटकपटक वार्ता गर्नुभएको थियो ।
पछि सुशिल कोइराला नेतृत्वको सरकारले गठन गरेको तीन सदस्यीय वार्ता समितिसँग चार पटक वार्ता गरे । वार्ताका लािग मधेशी मोर्चाले पनि चार सदस्य वार्ता समिति गठन गरे तर जतिपटक वार्ता भए सबैमा एउटै कुरा हुन्थ्यो नेपाल सेना फिर्ता गर, दगां क्षेत्र घोषणा फिर्ता गर, घाइतेले उपचार गर, मृतकलाई सहिद घोषणा गर, क्षतिपूर्ति देउ अनि मात्र हामी ाराजनीतिक एजेण्डामा छलफल गर्छौ मधेशी मोर्चाले भन्थे सरकार वार्ता समितिले पनि हुन्छ तपाईहरुले भनेको कुरामा हामी गम्भीर छौ, हामी आफ्ना नेतासँग कुरा गरेर भोली यस विषयलाई टुग्यांउँछौ भनेर बैठक स्थगित हुन्थ्यो । भोली पल्ट बस्दा पनि त्यही कुरा दोहोरिन्थ्यो । केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन भएपछि पनि पुनः त्यही कुरा दोहोरिएको छ ।
संघीयता विरोधी, गणतन्त्र विरोधी, धर्म निरपेक्षता विरोधी रहेका कमल थापाको नेतृत्वमा बनेको वार्ता समितिसँग आज पुनः महन्थ ठाकुरले एक्लै वार्ता गर्नुभएको छ । बैठकमा सहभागि त्रिपाठीका अनुसार चिनजान तथा परिचयका लागि बैठक बसेको  थियो । तर सो बैठकमा पनि महन्थ ठाकुरले त्यही कुरा दोहोर्याउनु भयो ।
उपप्रधानमन्त्री एवम् परराष्ट्र मन्त्री कमल थापा संयोजकत्वको सरकारी वार्ता टोलीसँग तराई–मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर र हृदयेश त्रिपाठीले सरकारी वार्ता टोलीको कार्यादेश (म्यान्डेट) बारे जिज्ञासा राख्नु भएको थियो ।
“तराई–मधेस आन्दोलनका क्रममा पक्राउ परेकाको रिहाई, मुद्दा फिर्ता, घाइतको उपचार, सहीद घोषणालगायत पुरानै माग उहाँहरूले दोहो¥याउनुभयो,” वार्ताबारे जानकारी दिँदै बिना विभागीय मन्त्री रामजनम चौधरीले बताउनुभयो ।
वार्ताको वातावरण बनाउन नेताद्वय ठाकुर र त्रिपाठीले आग्रह गर्नुभएको वार्ता टोलीका सदस्यसमेत रहनुभएका मन्त्री चौधरीले बताउनुभयो ।
मोर्चाको वार्ता टोलीका सदस्यद्वय लक्षण कर्ण र लालबहादुर राउत राजधानी बाहिर रहेकाले पुनः बैठक गर्ने गरी आजको वार्ता टुङ्गिएको बताउँदै उहाँले मोर्चाका सबै सदस्य जुटेपछि फेरि वार्ता हुने जानकारी दिनुभयो ।
वर्तमान सरकार गठन भएपछि बनेको वार्ता टोलीसँगको पहिलो बैठकमा परिचय र सामान्य छलफल भएको जानकारी दिँदै नेता त्रिपाठीले टोलीमा नेपाली काँग्रेसको प्रतिनिधित्वको सुनिश्चितताबारे पनि आफूहरूले जिज्ञासा राखेको बताउनुभयो ।
“राजनीतिक रुपमा प्रदेशको सीमाङ्कन मुख्य विषय भएकाले वार्ता टोलीको कार्यादेशबारे सोध्यौँ” सार्थक वार्तामा आफूहरूले जोड दिएको जानकारी दिँदै उहाँले भन्नुभयो ।
संयन्त्र बनाएर नेपाली काँग्रेसलाई पनि वार्ता टोलीमा सामेल गराइने जानकारी सरकारी वार्ता टोलीले दिएको नेता त्रिपाठीले बताउनुभयो ।
सरकारले आन्दोलनरत मधेसी मोर्चासँग वार्ता गर्न उपप्रधानमन्त्री थापाको संयोजकत्वमा पाँच सदस्यीय वार्ता टोली हिजो गठन गरेको हो । आजको वार्तामा टोलीका सदस्य एवम् सामान्य प्रशासन मन्त्री रेखा शर्मा हुनुहुन्थ्यो ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..