» » जलेश्वर बजारमा चहल पहल बढ्यो


बर्दिवास, २९ असोज । पछिल्लो दुई महिनादेखिको बन्द, हडतालले सन्नाटा छाएको महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरनगर र अन्य बजार खुल्न थालेपछि जनजीवन सामान्य हुन थालेका छन् ।

गत साउन ३० गते संविधान निर्माण प्रक्रियाप्रति असहमति जनाउँदै मधेसवादी दलले सुरु गरेका बन्द, हडतालकै क्रममा जलेश्वरनगरसहित जिल्लाका व्यापारिक केन्द्र मटिहानी, गौशाला, पिपरा, रामगोपालपुर र सम्सीलगायतका बजार बन्द रहँदै आएका थिए ।

दसैँ लागेसँगै बिहीबारदेखि सबैजसो पसल, व्यापारिक प्रतिष्ठान र वाणिज्य बैंकहरु सञ्चालनमा आएपछि केही राहत महसुस गरिएको सर्वसाधारणको भनाइ छ ।

सोमबार र बिहीबार गरी सातामा दुईपटक लाग्ने जलेश्वरको हटिया पनि दुई महिनापछि लाग्दा बजारमा चहलपहल ह्वात्तै बढेको जलेश्वर–४ का सामाजिक कार्यकर्ता सुधीर साहले बताउनुभयो । 

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..