» » सप्तरीमा एक व्यापारी लुटिए

सप्तरी, असोज २१ गते । राजविराजको राजदेवी टोलमा गएराति एक व्यापारी लुटिएको छ ।
दश–बाह्र जनाको अज्ञात समूहमा रहेको व्यक्तिले राजविराज–२ निवासी अफरोज आलम लुटिएको प्रहरीले जनाएको छ ।

विराटनगरको राष्ट्रिय वाणिज्य बैंकबाट रु एक लाख ७५ हजार लिएर आफ्नो घर जाँदै गरेको अवस्थामा ती व्यक्तिले आफ्नो पैसा लुटेको पीडित आलमले जानकारी दिनुभयो ।

प्रहरी भने केही व्यक्तिले समान्य झगडामा पैसा खोसेको बताइएको छ । साथै पैसा लिने व्यक्तिको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..