» » राप्रपाका महामन्त्री चन्द्रबहादुर गुरूङको उपचारको क्रममा निधन

काठमाडौं,असोज १७ गते । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका महामन्त्री चन्द्रबहादुर गुरूङको उपचारका क्रममा निधन भएको छ ।
अमेरिकाको कोलोराडोमा नेपाली समय अनुसार गएराती ८ बजे निधन भएको राप्रपा नेपालका सह–प्रवक्ता मोहन श्रेष्ठले बताए ।
२०१२ सालमा स्याङ्जाको पञ्चमुल सिरुवारीमा जन्मेका गुरुङ पञ्चायतकालमै अखिल नेपाल फुटबल संघ (एन्फा)को अध्यक्ष र नेपाल युवा संगठनको सभापति बनेका थिए।

राप्रपा स्थापना हुँदा त्यसको केन्द्रीय सदस्य रहेका गुरुङ राप्रपा नेपालको महामन्त्री बने । पहिलो संविधानसभामा राप्रपा नेपालको संसदीय दलका नेता रहेका गुरुङ दोस्रो संविधानसभा निर्वाचन भने स्याङजा(१ बाट पराजित भएका थिए । ६१ वर्षीय गुरूङका १ छोरा एक छोरी र श्रीमती छन् ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..