» » सरकारमा गएर गच्छदारजीले कुनै गल्ती गर्नुभएको छैन

–जनकराज चौधरी
संसद, मधेशी जनअधिकार फोरम लोकतान्त्रिक 
तपाईहरु आन्दोलनमै छँदा तपाईका पार्टी सरकारमा गएको छ नि ?
–पार्टी सरकारमा गएपनि हाम्रो आन्दोलन रोकिने छैन । दशैं र तिहारलाई मध्यनजर गर्दै आन्दोलनलाई केही खुकुलो पारिएको मात्र हो तर यो आन्दोलन रोकिने बाला छैन । हाम्रो पार्टी आठ बुँदे सम्झौता गरेर सरकारमा गएको छ । आठ बुँदे सम्झौता कार्यान्वन नभएसम्म हामी आन्दोलनमै हुन्छौ । दशैं तिहार सकेपछि पुनः नयाँ ढंगबाट आन्दोलनमा जान्छौ ।

एकातिर सरकारमा पनि जाने अर्कोतिर आन्दोलन पनि गर्ने यो अलि नमिले जस्तो देखिएन त ?
–हो अरु अरुलाई त्यस्तो लागेको होला । तर, आन्दोलनका पनि विभिन्न मोर्चाहरु हुन्छन् । सडक, सदन र सरकार पनि एउटा मोर्चा हो । हामीले जुन माग लिएर आन्दोलन थियौं त्यो माग त्यहाँ पनि उठाउँछौ । ती मागको बारेमा त्यहाँ पनि कुरा गर्छौ । सरकारमा पनि अवाज उठाउँछौ । सडकमा पनि आवाज उठाउँछौ र सडकमा पनि आवाज उठाउँछौ । सरकारमा जाँदैमा आन्दोलनको एजेण्डा समाप्त भयो सोच्नेको सोच नै पुरातन सोच हो ।

त्यसो भए यस अवस्थामा सरकारमा तपाईको पार्टी जानुमा तपाईलाई कुनै दुख वा पश्चाताप छैन ?
–छैन, हामीले आफ्नो मुद्दा छाडेपछि, हामीले आफ्नो एजेण्डा छाडेपछि पो दुख लाग्छ वा पश्चाताप हुन्छ । हामी आफ्नो मुद्दा र एजेण्डामा प्रतिवद्ध भएको कारणले कुनै पश्चाताप र दुख छैन । बरु, दोहोरो चरित्र देखाउने नेताहरुलाई दुख लाग्नु पर्ने हो जो आन्दोलनमा छु पनि भनि रहेका छन् र सरकारमा जाने बाटो पनि खोजि रहेको छन् । हाम्रो पार्टीका अध्यक्ष विजयकुमार गच्छदारको प्रष्ट विचार जो उहाँले सोच्नु हुन्छ, पार्टी र जनताको हितमा छ त्यो गर्नु हुन्छ । अरु जस्तो अगाडि पछाडी हेर्दैनन् त्यसैले आज उहाँ सफल हुनु भएको छ ।

पार्टीमा विरोध गर्दै पार्टी छाड्ने क्रम शुरु भएको छ नि ?
–हेर्नुस्, यो लोकतन्त्र आएको पनि त्यसैका लागि हो । विरोध गर्नु असन्तुष्टि जनाउनु सबैको अधिकारको कुरा हो । सविधानले नै यो अधिकार दिएको हो । सबै कुरामा सबै चित्त बुझ्छ भने पनि छैन । त्यसैले कसैले यसको विरोध गरिरहेको छ भने त्यसमा म कुनै टिप्पणी गर्न सक्दिन तर यति भन्न सक्छु कि जुन रुपमा मेडियामा समाचार आइरहेका छन् कि फलानोले पार्टी छाड्यो । फलानो जिल्ला नै सखाप, फलानोले पार्टी परित्याग गरे । यी सब हल्ला मात्र हुन् । कसैले पनि पार्टी छाडेका छैन । हामीले पनि जिल्ला जिल्लामा साथीहरुसँग सम्पर्क गरिरहेका छौ । मीडियामा आएको जस्तो त्यस्तो केही छैन । कसैले राजिनामा दिएको छ भने पदबाट मात्र दिएको छ पार्टीबाट दिएको छैन । केहीको असन्तुष्टि छ । म मान्छु । आवेगमा आएर त्यस्तो निर्णय गरेका होला तर हल्ला आएको जस्तो केही छैन ।

अब थरुहट आन्दोलन कसरी अगाडि बढ्छ त ?
—थारुवान संयुक्त संघर्ष समितीले संविधान निर्माणको प्रक्रिया अगाडी बढि रहेको अवस्था देखि नै आन्दोलनमा थिए र अहिले पनि आन्दोलनमै छ । हामीले देखेको आस समस्या भनेको  सिमांकनमा हो । अब त्यसको पनि समाधान हुन्छ । सिमांकनको समस्या समाधान भएपछि हामीले आन्दोलन रोक्छौ । झण्डै दुई महिनादेखि थारुहरुले आफ्नो पहिचान, अस्तित्वका लागि लडि रहेका छन् । अझ पनि यो अवस्थामा आइपुग्दा जबसम्म आफ्नो अस्तित्व, पहिचान आफ्ना अधिकार र आफ्ना मागहरुलाई राज्य पक्षबाट सशोधनमार्फत सम्बोधन हुदँैन तबसम्म थारुहरुले आफ्नो आन्दोलनलाई निरन्तरता दिइ रहन्छ ।

थरुहट र थारुवानको माग सम्बोधन भइसकेको कुरा राज्य पक्षले भनिरहेको छ, तपाईलाई कस्तो लागि रहेको छ ?
—खास गरेर ठूला तीनदलका नेताहरुले मीडियावाजी गरिरहेको छ कि थरुहट थारुवान संघर्ष समितीले जुन माग राखेर आन्दोलन गरि राखेको छ, ती माग र मुद्दाहरुलाई वैधानिक रुपमा संविधान निर्माण हुँदाखेरी पुरा गरिसकेको उनीहरुले भनि रहेका छन् । त्यो एकदमै गलत कुरा हो । थारुहरु त्यति लाटो छन र, कि आफ्ना मागहरु पुरा भएरन पनि त्यतिकै मर्न तयार छन् । थारुहरु अहिले पनि आन्दोलनमा ओर्लेका छन् । अहिले पनि कैलाली कञ्चनपुर लगायतको ठाँउहरुमा सिंमांकनको विषयमा लिएर समस्या छ । कहाँ यी सताधारी पक्षहरुले सम्बोधन गरेको छ । कुन ठाँउमा त्यसलाई लिएर व्यवस्थापन गरेको छ ? माग पूरा भएको त हामी कतै पनि देखि रहेका छैनौ । यदि माग पूरा भएको भए आज हाम्रा पार्टीका अध्यक्षज्यूले आठ बुँदे सम्झौता गरेर किन सरकारमा जानु पथ्र्यो ।

त्यसो भए थारुहरुको माग सम्बोधन गरेको छैन ?
— भएकै छैनन् नि , केही माग सम्बोधन गरेको छ जस्तै संघियताको सवालमा संघीय अहिले धर्म निरपेक्षको कुराहरु चाही सम्बोधन भएको छ । गणतन्त्रात्मक देश भनेर एउटा संस्थागत भएको छ । वास्तवमा थारुहरुले लडेको गणतन्त्रको लागि मात्रै त होइन नि । गणतन्त्रलाई संस्थागत गर्ने हिसाबमा गणतनत्रसित धेरै कुराहरु जोडिएका छन् । संघियतामा आफ्ना पहिचानरुपी प्रदेश हुनु प¥यो भने ठूला बलदानीको साथ माग उठाएको थियो । त्यति मात्र होइन जातीय जनसंख्याको अधारमा समाजिक न्याय अन्र्तगतको राज्यको हरेक निकायमा मौलिक हक अन्र्तगत राज्यको हरेक निकायमा आफ्नो प्रतिनिधित्व हुनु प¥यो । रोजगारीको ग्यारेण्टी हुनु पर्ने मागहरु राखेको थियौँ । तर, त्यो ग्यारेण्टी अहिलेको संविधानमा आउन सकेको छैन । यस्तो आउदैँ नआएको कुराहरुलाई हामीले पुरा गरिसकेका छौ भनेर हुन्छ ? थारुहरुले उठाएको पहिचान सहितको संघियताको विषय, सँग सँगै मौलिक हक अन्र्तगतको न्याय प्रणाली, समावेशी समानुपातिक प्रतिनिधित्वको कुरा कुनै पनि पूरा भएको छैन । तर यी मागहरु प्रति सरकार सकारात्मक देखिएको छ । मन्त्रीपरिषद्बाट निर्णय भएर संसदमा गएको छ । सविधान संशोधन गरेर राख्ने कुरा भएको छ ।

मधेश केन्द्रित दलहरु र थरुहट थारुवान संघर्ष समिति बीचको सम्बन्ध अहिले कस्तो रहेको छ ?
—मधेशीहरुले पनि पहिचानसहितकै संघियताका लागि यत्रो बलिदानी दिएका हुन् । उनीहरु अहिले पनि आन्दोलन जारी राखेका छन् । र थारुहरुले पनि आफ्नो पहिचान सहितको संघयता सहितको प्रदेश आउनु पर्छ भन्ने मान्यताको साथ संघर्षमा छन् । यो राज्यबाट दुईटै समुदायमाथि विभेद भएको छ । त्यसैले दुईटै सँगै मिलेर लडि रहेका छन् ।

अहिलेको अवस्थामा थारुहरुको आन्दोलन मधेश आन्दोलन भन्दा शिथिल देखिएको छ नि किन यस्तो ? 
—आन्दोलन शिथिल अवस्थामा रहेको कुरा गलत हो । हामी मधेशवादी दल र अन्य संगठनसँग सहकार्य गरी आन्दोलनलाई अगाडि बढाई रहेका छौ । त्यसमा  खास गरेर अहिले पनि थारुहरुको बाहुल्य भएको जिल्लाहरुमा आन्दोलनलाई कमजोर हुन दिएको छैन चाहे त्यो नाकाबन्दीको सबाल होस्, सडक जाम गर्ने सबाल होस् । थारुहरुलाई कैलालीको घटना पश्चात उनीहरुलाई दमन गरेर जुन दबाउने प्रयास गरेको छ त्यसले थारु आन्दोलन कमजोर भएको हो कि जस्तो अरु अरुलाई लागेको होला । तर म आग्रह गर्न चाहन्छु कि एकचोटी थरुहट क्षेत्रमा गएर हेर्नुस् अवस्था कस्तो छ । काठमाडौमा बसेर विश्लेषण गरेर हुँदैन । थारुहरुको आन्दोलन कमजोर रहेको छैन । उत्साहको साथ अगाडी बढिरहेको छ ।

अहिले द्धन्द्ध थारु, मधेशी र पहाडीहरु बीचको हो ? 
—होइन, गलत हो । अहिलेको द्धन्द्ध भनेको थारु र मधेशीहरु बीचको पनि होइन र पहाडीहरु बीचको पनि होइन । यो संघर्ष भनेको नितान्त राज्यसँगको हो । थारुहरुको संघर्ष पनि राज्यसित हो भने, मधेशीहरुको संघर्ष राज्य सितको नै हो । थारु र मधेशीले राज्य पक्षसँग गरेको मागका द्धन्द्ध हो  । यो माग हामीले कुनै पहाडीसित मागेको होइन र पहाडीसित झगडा गर्ने हाम्रो मनसाय पनि होइन । हाम्रो आन्दोलन भनेको राज्य पक्षसितको हो ।

अहिले नेपाली मिडियाहरुले भारतले नाकाबन्दी लगाएको हो भनेर भनिराखेको छ ? राज्यले लगाएको यो आरोप कतिको वास्तविकता हो ?
—राज्यले लगाएको अरोप एकदमै गलत हो । मधेशी र थारुले गरिरहेको आन्दोलनलाई अर्कोतिर मोड्नका लागि यस्ता कुराहरु राज्यले फैलाएको हो । यो नाकाबन्दी मधेशी र थारुले गरेको आन्दोलनको बलबुताले भएको हो । कुनै विदेशी शक्ति आएर नाकाबन्दी गरेको भन्ने कुरा कतै कुनै निर्णय भएको पनि छैन त्यसकारण यो नाकाबन्दी मधेशी र थारुहरुको आन्दोलनको मजबुतीबाट भइरहेको छ ।

प्रस्तुतीः विजय यादव

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..